काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काभ्रे– अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ । 

शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मङ्गलबारदेखि सञ्चालित बुक बसमा पाँच विद्यालय र एक पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने जनाइएको छ । विद्यार्थीलाई शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको संयोजक सोनिया तामाङले बताएका छन् । उनका अनुसार जेठ ३० देखि असार ९ गतेसम्म सञ्चालित कार्यक्रमअन्तर्गत पनौती आधारभूत विद्यालय, पुण्य हाइस्कुल, इन्द्रेश्वर मावि, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, सामुदायिक बोर्डिङ स्कुल तथा ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुनेछ ।

एउटा गाडीलाई नै बुक बस अर्थात् पुस्तकालय बनाइएको छ । झट्ट हेर्दा दमकलजस्तो तर नजिकबाट हेर्दा एकदमै नौलो सवारीसाधनजस्तो देखिने बस पुस्तकालयभित्र विभिन्न पुस्तक सजाएर राखिएका छन् । बुक-बसमा कथा, कविता तथा उपन्यासका नेपाली र अङ्ग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक राखिएको छ । बुक-बसमा किताबमात्र छैनन्, बसभित्र ठूलो एलसिडी मोनिटर पनि राखिएको छ । त्यसमा विद्यार्थीलाई अडियो, भिडियो सामग्री, डकुमेन्ट्री पनि देखाउने गरिएको छ ।

विशेषगरी सामाजिक तथा धार्मिक महत्त्व बोकेको पनौतीका दुई नदी पुण्यमाता र रोशी अहिले प्रदूषित र सङ्कुचित स्थितिमा रहेकाले यी नदी र वरिपरिको वातावरणबारे विद्यार्थीमाझ ध्यानाकर्षण र रुचि बढाउन पनौतीका शैक्षिक संस्थामा कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । कार्यक्रमअन्तर्गत स्टिम कार्यशाला, पुस्तक पठन तथा कथा वाचन, प्रदर्शनीसमेत हुने जनाइएको छ । 

दूतावासले आफ्ना कार्यक्रममार्फत बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोचाइ तथा ‘क्रिटीकल थिङ्किङ’ को विकास गर्ने र विद्यार्थीलाई अर्थपूर्ण तथा स्मरणीय शिक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्ने जनाएको हो । यसका साथै किताब पठन र प्रदर्शनीद्वारा स्थानीय वातावरणप्रति विद्यार्थी र समुदायको ध्यानाकर्षण गरी सामुदायिक संलग्नता प्रोत्साहन गर्ने बुक बसको उद्देश्य रहेको कार्यक्रम संयोजक तामाङले बताए । 

यस्तै बुक बसले विद्यालयमा विद्यार्थीसँग गरेको सबै कार्यशालामा विद्यार्थीले बनाएका सम्पूर्ण सामग्री प्रदर्शनीमा देखाइनेछ । प्रदर्शनी विद्यार्थी, शिक्षक तथा समुदायका सबै सदस्यको लागि खुला रहने जनाइएको छ । ‘बुक बसले अन्तरक्रियात्मक शिक्षालाई प्रोत्साहन गर्दछ । सजिलै उपलब्ध हुने सामग्रीको प्रयोग गरेर र विद्यार्थीलाई आफैँ वातावरण तथा परिवेश अवलोकन गरेर पढ्न र आलोचनात्मक सोच बढाउनतर्फ प्रवर्द्धन गर्दछ । उनीहरूको कल्पनाशक्ति बढाउँछ र पठनपाठन गर्नका लागि खुला वातावरणको सिर्जना गर्दछ’, अर्का कार्यक्रम संयोजक रुबिना प्रधानले भने । 

गत साल भदौमा दूतावासले १७ दिन काभ्रेपलाञ्चोकको बनेपा नगरका पाँच विद्यालयमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम अवधिभर बुक बसले भने ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान-प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको थियो । बनेपास्थित हिमालय माध्यमिक विद्यालय, समता शिक्षा निकेतन, विद्यासागर स्कुल, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सञ्चालन गरेको थियो । 

कार्यक्रम सञ्चालित विद्यासागर स्कुलका प्रिन्सिपल हीरा शर्मा बुक बस कार्यक्रम विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि बहुउपयोगी भएको बताउँछन् । ‘मिडिया साक्षरता र जलवायु परिवर्तन कार्यशलामा विद्यार्थीको समाचार तथा सामाजिक सञ्जालमा पाइने जानकारी बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गरिएको छ, यो कार्यक्रम विद्यार्थीमा सामाजिकीकरणका लागि निकै उपयोगी मानियो’, उनले भने ।

यस्तै कार्यक्रमअन्तर्गत नाटक समूहद्वारा जलवायु परिवर्तन र वातावरणकाबारे लोकनाटक मञ्चन, ‘सिभिल राइटस् एण्ड लिबरटिज्’ विधामा विद्यार्थीसँग नागरिक अधिकार, स्वतन्त्रता, असमानता, निष्पक्षता र न्यायका अवधारणाबारे छलफल गरिएको थियो ।

– राजकुमार पराजुली रासस

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १० : १४ बजे

बागमती प्रदेशसभाबाट बजेट पारित

बागमती– बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२-८३

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

पाटन–  ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा