अब कांग्रेस सभापति सुध्रिनुपर्छ | Khabarhub Khabarhub

अब कांग्रेस सभापति सुध्रिनुपर्छ

‘हाम्रो राजनीति नै कमाउने धन्दा भइदियो’


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

यतिखेर नेपाली कांग्रेस तेस्रो तहका नेताले यतिखेर नेपाली कांग्रेस रूपान्तरणको लागि स्वतः स्फूर्त रूपमा अभियान सञ्चालन गरिरहेका छन्। नेपाली कांग्रेसमा अहिले यो रूपान्तरणको आवश्यकता किन परेको छ ? नेपाली कांग्रेस पार्टी पद्धति र विधि अनुसार नचलेर हो अथवा संस्थापन पक्षलाई दबाबको लागि यो अभियान सञ्चालन गरिएको हो ? यसै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईं किन पछिल्लो समय देश दौडाहामा हुनुहुन्छ ?
अहिले हामी सातै प्रदेशमा रूपान्तरण अभियान लिएर अगाडि बढिरहेका छौं। अत्यन्त उत्साहपूर्वक ढंगले कार्यक्रम सञ्चालन भइरहेको छ।

पार्टीप्रतिको रूपान्तरण भन्दै गर्दा कार्यकर्तामा एउटा झकझकाउने रूपान्तरण हो अथवा नेतृत्वलाई दबाब दिने रूपान्तरण हो ? रूपान्तरणको आवश्यकता अहिले किन पर्‍यो ?
यो रूपान्तरण अभियान अहिले अत्यन्त सान्दर्भिक समयसापेक्ष छ। किनभने हामी छ वटा प्रदेशमा घुम्यौँ। त्यसमा तपाईंले यो अभियान ढिला गर्नुभयो। अझै अगाडिबाट सुरु गर्नुपर्थाे भन्ने कुरा आएको छ। देशभरीका साथीमा निराशता, शिथिलता, कमजोर मनस्थिति देखियो। किनकी जो रूपान्तरण अभियानमा जाने अभियन्ता भन्दा पनि आम समुदायले के भन्छ त हामी त्यो सुन्न गएका हौँ। माथिबाट काहीँ पनि हामीबाट कमीकमजोरी गल्ती भएको छैन। हामी गर्दैनौँ। अझै हामी पनि नेपाली कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध छौँ। हामी कतिपय गाउँमा जाँदा मुहान सफा गर्नुहोस् भन्ने प्रतिक्रिया आयो।

पार्टी नेतृत्वले कहाँकहाँ गलत काम गर्‍यो ?
नेपाली कांग्रेसले १४ औँ महाधिवेशनमा आर्थिक नीति, वैदेशिक नीति सबै खोजेर हरेक नीतिहरू के हो आगामी चार वर्षको लागि कुन राजनीतिक दलसँग कसरी मिलेर जाने भनेर छलफल गर्नुपर्ने थियो तर त्यो भएन। केवल नेतृत्व मात्र छनोट भयो।
हाम्रो विधानमा दुई महिना भित्र पदाधिकारीको छनोट गर्ने, सम्पूर्ण विभाग गठन गर्ने भनिएको थियो तर समय पुगेन भनेर ६ महिना बनाइयो र पनि अहिले १८ महिना बित्दासम्म केही भएको छैन।

यो विधानलाई पालना गरेर अगाडि बढ्नुहोस् भनेको कुरालाई गाली सम्झनु हुँदैन। यसमा हामीले पार्टीका नेतृत्व तहले गर्नुपर्ने कामलाई सहमतिको आधारमा जाऔँ भनेका हौँ।

महाधिवेशनपछि पूर्णता दिनुपर्ने पार्टीको संरचनाले पूर्णता पाउन सकेन। एलौटी ढंगले पार्टी सञ्चालन भयो। यो गलत छ भनेर आफ्नै कार्यकर्ताको जनमत बटुल्न रूपान्तरण अभियानमा लाग्नु भएको हो ?
हामीले पार्टीको नेतृत्व तहलाई पटकपटक विधान अनुसार अगाडि बढ्नुपर्छ भनेर सम्झायौँ। पार्टी भित्रको एकता गर्ने हो भने कुनै दलसँग गठबन्धन गर्नु पर्दैन। आज हामीले अनुहार नै नदेख्ने ऐना हेर्न थाल्यौँ। विचार नमिल्ने दलसँग सहकार्य गर्न थाल्यौँ। कम्युनिष्ट पार्टीको विधानमा पहिलो वर्गीय शत्रु नेपाली कांग्रेस छ। अहिले कुनै पनि दलले एकल बहुमत ल्याउन सक्दैनन्। तर अहिले दलीय सहमतिमा विधि विधान तोड्ने काम भएको छ। एउटा स्वतन्त्र सांसद आएर भ्रष्टाचारको विरुद्धमा बोल्दा तीन दलका शीर्षस्थ नेता बसेर रेकर्डबाट हटाउने काम भएको छ। यो गलत अभ्यास हो।

सुनको जलहरी हराएको कुरामा तीन जना मिलेर भ्रष्टाचारलाई लुकाए भन्न खोज्नुभएको हो ?
भ्रष्टाचारका विषयमा जुनै प्रधानमन्त्री आउनुहुन्छ, शून्य सहनशीलता भन्नु हुन्छ। हामीले लोकतन्त्र गणतन्त्र ल्याएको आउने प्रधानमन्त्रीले जति समय पदमा बस्छ त्यसले बालुवाटार नै खरिद गरेर जाने गरी पैसा कमाउन होइन। सबै पार्टीको प्रधानमन्त्री हुने भनेको कमाउने धन्दा होइन। देश र जनतालाई कसरी सुविधा दिने भनेर सोच्नुपर्छ। तर हाम्रो राजनीति नै कमाउने खेलमा लागेको छ। यसलाई अन्त्य गर्नुपर्छ।
जलहरी काण्ड ठूलो परिणामको सुन हो। यसमा बदमासी र भ्रष्टाचार भएको छ। सबै भ्रष्टाचारका काण्डको खोजी हुनुपर्छ। भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र होइन मानव तस्करी हो। एउटा नेपालीलाई भुटानी बनाएर पठाउँदै छौँ। हाम्रो पार्टीको व्यक्तिलाई प्रहरीले अनुसन्धानको लागि लिएपछि विज्ञप्ति निकालेर नेपाली कांग्रेसले निलम्बन गर्नुपर्ने थियो। निलम्बनपछि दोषी प्रमाणित नभए उहाँको फुकुवा हुने थियो। सबैले हामीलाई सोध्छन् अरूले गर्याे कांग्रेसले किन गरेन भनेर। त्यसको जवाफ हामीसँग पनि छैन। यसमा नैतिक प्रश्न उठेको छ।

पार्टी सभापति फरक व्यक्ति भएको भए फरक नतिजा आउँथ्यो ?
पार्टीको नेतृत्वलाई बिपी कोइरालाले पार्टी भित्र पैसा भएका शक्ति भएका नभएका सबै मान्छे हुन्छन्। शक्तिमा हाबी हुनेछन्। ब्रिफकेस बोक्नेहरू शक्तिशाली हुनेछन्। त्यो बेलामा इमानदार निष्ठावान् आदर्शवान कार्यकर्ताले फेरि एक पटक आन्दोलित हुनुपर्ने छ। त्यो आन्दोलनबाट प्राप्त भएको लोकतन्त्र स्थायी र दीर्घकालीन हुनेछ, भन्नुभएको थियो। आज हामी त्यही रूपमा आन्दोलित छौँ।

कांग्रेस लोकतान्त्रिक पार्टी तर आन्तरिक लोकतन्त्रका लागि किन सधै संघर्ष गर्नुपर्ने अवस्थाको सिर्जना भइराखेको छ ?
विधि विधान अनुसार पार्टी अगाडि बढेको छैन। दुई दुई महिना भित्र केन्द्रीय समितिको बैठक अनिवार्य बस्नुपर्छ। तर त्यो हुन सकेको छैन। नेपाली कांग्रेसको भातृ संस्थाको दुई वर्ष भित्र अधिवेशन हुनुपर्छ। त्यो पनि हुन सकेको छैन।

विदेशमा गएका जनसम्पर्क समितिको विधानको पनि अधिवेशन हुनुपर्छ। आज हाम्रो भातृ संस्थाको अधिवेशन देउवा सभापति भएपछि भएको छैन। उहाँले पटकपटक एक जना मान्छे खल्तीबाट झिक्ने, अध्यक्ष तोक्ने त्यसको चार वर्षको अवधि सक्ने फेरि अर्को ल्याउने काम गर्नुभएको छ। भातृ संस्थालाई थिलथिलो बनाइदिनु भएको छ।

अहिले चाहिँ नेतृत्व कानमा तेल हालेर बसेको हो ?
अहिले शुभेच्छुक संस्थाको अधिवेशन भयो। शुभेच्छु संस्थाको अधिवेशन रोक्न मिल्दै नमिल्ने हुनाले बज्रपात भएको छ। प्रेस युनियनको अधिवेशन नौ वर्षपछि भयो। अधिवेशन हुँदा आफ्नो पक्षको मान्छे साढे ६ सय मतान्तरले पराजित हुँदा आफूप्रतिको निराशा कुन हदसम्म रहेछ भनेर बुझ्नुपर्छ। पार्टी एक्लै चलाउने होइन सबै मिलेर चलाउने कुरालाई आत्मसाथ गर्नुपर्छ।

तपाईंहरूले सञ्चालन गरेको रूपान्तरण अभियान को अर्थ के र पार्टी नेतृत्वमा कस्तो अर्थ राख्छ ?
सांकेतिक रूपमा यसले प्रभाव परेको छ। जस्तो भक्तपुरको कार्यक्रममा सभापतिले समानुपातिक निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने कुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अनलाइनबाट प्रदान गर्ने कुरामा ध्यानाकर्षण भएको बताउनुभयो। हामी पार्टीलाई हिजोको तहमा पुर्याउन लागि पर्छौँ र सबैलाई हरेक कुरामा अवसर प्रदान होस् भन्ने चाहन्छौँ।

तपाईंहरूले रूपान्तरण कार्यक्रम गर्दै गर्दा कस्तो प्रभाव पाउनु भयो ?
यो रूपान्तरण कार्यक्रमले सातै प्रदेशमा सकारात्मक प्रभाव पार्दै छ। अब पार्टीको शुद्धिकरण हुँदैछ र सबैले आफ्नो खुट्टा नकमाइ साथ दिनुपर्ने छ र तपाईँहरूले खुट्टा पछि हटाए तपाईँहरूलाई हामी छोड्ने छैनौँ भन्ने सबैको भनाइ छ। अर्को पुस्ताले नि अवसर पाउनुपर्छ।

सभापति देउवा मात्र अहिलेको मूल समस्या हो ?
आहिले उहाँको हरेक क्रियाकलापले समस्या उत्पन्न गरेको अवस्था छ। अब उहाँ त्यहाँबाट बाहिर निस्केर हामीले गरेको आशालाई पुरा गर्नुपर्छ। सिङ्गो पार्टीलाई समेटेर लानुहुन्छ भन्ने आशा पुरा गर्नुपर्छ। पहिलो पटक जस्तो गल्ती पटकपटक गर्नु हुँदैन। अब सुध्रनुपर्छ

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ११ : ३१ बजे

मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु

म्याग्दी – मुस्ताङ घरपझोङ गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ मार्फामा आजदेखि

काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)ले आत्मनिर्भर

सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ

काठमाडाैं – बागमती नदीको मुहानस्थलमै फोहर बढ्न थालेकाले तलमात्र सफाइ

आजका समाचार : प्रधानमन्त्री ओली न्युयोर्कमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डको जोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक :