दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङमा « Khabarhub

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङमा


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन् । 

उनी नेपाली सेनाको  हेलिकप्टरबाट आज  बिहान  यहाँ आएका हुन् ।  विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त  समारोहमा भारतको  सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता रहेका छन् ।  

समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, लुम्बिनी  प्रदेशप्रमुख  अमिक शेरचन,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरु, प्रदेश सरकारका  मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय  र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरू  लगायतको सहभागिता रहेको छ ।

समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रकाश लामिछानेले  जानकारी दिए । कार्यक्रम अहिले जारी छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १२ : ०५ बजे

पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न कार्यवाहक प्रमुखडंगोलको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि