दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङमा « Khabarhub

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दाङमा


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन् । 

उनी नेपाली सेनाको  हेलिकप्टरबाट आज  बिहान  यहाँ आएका हुन् ।  विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त  समारोहमा भारतको  सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता रहेका छन् ।  

समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, लुम्बिनी  प्रदेशप्रमुख  अमिक शेरचन,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरु, प्रदेश सरकारका  मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय  र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरू  लगायतको सहभागिता रहेको छ ।

समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रकाश लामिछानेले  जानकारी दिए । कार्यक्रम अहिले जारी छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १२ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै