पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण | Khabarhub Khabarhub

पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। 

सोह्रवटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शंकराचार्य मठस्थित शंकराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माण गरिएको हो । भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेकाले पुन:निर्माण गर्नुपर्ने भएको उनले सुनाए।

विश्वरूप मन्दिरलगायत सम्पदामा चालु आवका लागि  छुट्याइएको बजेटको काम सकिएको छ । यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १२ : ३३ बजे

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–०८३ को दुई

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं– बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ

स्थानीय वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब