संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएकाहरुसँग छलफल | Khabarhub Khabarhub

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएकाहरुसँग छलफल


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा समितिको आजको बैठकमा २३ उजुरीकर्ता सहभागी भएका छन् ।

ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गरेका पशुपतिशमशेर जबराले उजरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजरीमाथि छलफल अगाडि बढाउने जानकारी दिए ।

यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरु फरक–फरक खालका  भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

सांसद महेश बर्तौलाले उजुरीहरु अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने  धारणा व्यक्त गरे । कतिपय उजुरीहरु राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले भने, “कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने ? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ, त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौँ, अनि छलफल अगाडि बढाऔँ ।”

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  १ : २९ बजे

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक

सिरहामा आँप उत्पादनमा कमी

सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ ।

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ