यूएईसँगको श्रम सम्झौता नवीकरण « Khabarhub

यूएईसँगको श्रम सम्झौता नवीकरण


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौता नवीकरण भएको छ । काठमाडौंमा बुधबार बसेको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको हो । सो क्रममा दुवै देशका उच्च श्रम अधिकारीहरुको सहभागिता थियो ।

चार वर्षअघि भएको सम्झौताको म्याद सकिने दिन बुधबार नै उच्चस्तरीय संयुक्त समितिको बैठक बसेर नवीकरण गरिएको हो । शून्य लागतमा श्रमिक जान पाउने गरी श्रम सम्झौता नवीकरण भएको छ ।

उक्त बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल र यूएईको तर्फबाटसमकक्षी अब्दुल्लह अली अलनुयमीले आ–आफ्नो देशको टोलीको नेतृत्व गरेका थिए ।

श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ भने सबै विदेशी श्रमिकलाई समान व्यवहार गर्ने, महिला श्रमिकको लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउनेलगायतका विषय समेटिएको छ ।

यूएई पक्षले श्रमिक रोजगारविहीन भएमा तीन महिनासम्मको बेरोजगार भत्ता पाउने गरी श्रमिकको अनिवार्य २४ घण्टाको बीमा नीति लागू गरिएको जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ५ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु