महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन « Khabarhub

महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेका हुन् । बजार क्षेत्रमा रहेका पाँच शौचालयमध्ये एउटा शौचालय मात्रै प्रयोग गरिएको अवस्थामा छ । अन्य प्रयोगविहीन छन् ।

बजारमा सार्वजनिक शौचालय सर्वसुलभ नहुँदा किनमेल तथा अन्य कामले बजार क्षेत्र आउजाउ गर्ने सर्वसाधारणलाई समस्या भएको छ ।  सार्वजनिक शौचालय प्रयोगमा ल्याउनेबारे नगरपालिकाले ध्यान दिन सकेको छैन । शौचालय व्यवस्थापनको जिम्मेवारी भीमदत्त नगरपालिकाको भए पनि यसतर्फ ध्यान नपुगेको स्थानीय एकेन्द्र भट्टले बताए ।

“किनमेल गर्न आउनेहरु शौचालय खोज्दै हिँडेको पाइयो, अन्यको अवस्था पनि उस्तै छ”, उनले भने । सरसफाइ अभियन्ता एवम् ‘हेल्प नेपाल’ का अध्यक्ष मदन चन्दले बजारमा सार्वजनिक शौचालय हुँदा हुँदै पनि नगरपालिकाले व्यवस्थितरुपमा सञ्चालन गर्न नसकेको बताए ।

“बजारका केही सार्वजनिक शौचालय व्यक्तिले कब्जा गरेका छन्, केही बन्द छन्”, उनले भने, “यी शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले पहल गर्नुपर्छ ।” भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कर्मचारी व्यवस्थापन गर्न नसक्दा शौचालय बन्द भएको बताए ।

“हामीले पटकपटक ठेक्कामा लगाउन पहल ग¥यौँ, सफल भएनौँ । नगरपालिका आफैँले कर्मचारी व्यवस्थापन गरेर पनि सञ्चालन गर्न सकिएन”, उनले भने । पालिकाले व्यवस्थापन गर्न नसक्दा बजारका केही शौचालय व्यवसायीले नै सञ्चालन गरेको धामीले बताए ।

बजार क्षेत्रमा शौचालय नहुँदा खुलारुपमा दिसापिसाब गर्नेको सङ्ख्या अत्यधिक छ । यसबाट बजार क्षेत्र दुर्गन्धित बनेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना