वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ « Khabarhub

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरूलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए । उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ८ : १० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु