बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष « Khabarhub

बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशको तथ्याङ्क विभागले सन् २०२२ मा बङ्गलादेशको औसत आयु ७२.४ वर्ष पुगेको जानकारी गराएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यो सङ्ख्या ७२.३ वर्ष रहेकोमा केही बढी भएको सरकारी निकायले मङ्गलबार आफ्नो बङ्गलादेश नमूना महत्वपूर्ण तथ्याङ्क २०२२ प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार सन् २०२१ मा ७०.६ वर्षको तुलनामा सन् २०२२ मा पुरुषको औसत आयु ७०.८ वर्ष पुगेको छ । महिलाको औसत आयु सन् २०२१ मा ७४.१ वर्ष रहेकोमा सन् २०२२ मा बढेर ७४.२ वर्ष पुगेको छ ।

सन् २०२२ मा देशको समग्र शिशु मृत्युदर भने बढेको छ । सन् २०२१ मा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा २८ रहेकोमा सन् २०२२ मा बढेर ३१ पुगेको छ । यसका साथै एक वर्षमुनिका बालबालिकाको मृत्युदर पनि बढेको छ ।

कोभिड–१९ महामारीले विगत दशकमा यस क्षेत्रमा हासिल गरेका केही उपलब्धिलाई नास गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ८ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना