ग्रीसमा डुङ्गा दुर्घटना : मृत्यु हुनेको संख्या ७८ पुग्यो, १०० जनाको उद्धार | Khabarhub Khabarhub

ग्रीसमा डुङ्गा दुर्घटना : मृत्यु हुनेको संख्या ७८ पुग्यो, १०० जनाको उद्धार


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ग्रीसको पेलोपोनी नदीमा माछा मार्ने डुङ्गामा डुब्दा यसमा सवार कम्तीमा ७८ आप्रवासीको मृत्यु भएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ ।

आयोनियाली सागरमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गा पल्टिएपछि करिब १०० जनालाई उद्धार गरिएको तटरक्षक बलले जनाएको छ । आप्रवासन मन्त्रालयका एक स्रोतले एएफपीलाई बताएअनुसार कोस्टगार्डले माछा मार्ने डुङ्गामा अत्यधिक धेरै (सयौँ) मानिस सवार थिए ।

“त्यहाँ धेरै ठूलो सङ्ख्यामा व्यक्तिहरू हराइरहेका हुनसक्ने हामीलाई प्राप्त खबरमा जनाइएको छ,” ती अधिकारीले भने ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले ठूलो सङ्ख्यामा हराइरहेका व्यक्तिहरू रहेको स्वीकार गर्दै एक ट्वीटमा भनेको छ, “हामीलाई डर छ कि धेरै मानिसहरूको ज्यान गएको छ । प्रारम्भिक रिपोर्टअनुसार जहाजमा ४०० को हाराहारीमा यात्रु सवार थिए ।

ग्रीसका राष्ट्रप्रमुख, राष्ट्रपति कटरीना साकेलारोपोलोउले उद्धार र आवास प्रतिकार्यका बारेमा वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न बुधबर पछि कलामाटा बन्दरगाहको भ्रमण गर्ने बताउनुभएको छ ।

सन् १९९३ को एएफपीको रेकर्डअनुसार ग्रीसमा सबैभन्दा धेरै मानिस (आप्रवासी) को मृत्यु भएको त्रासदीपूर्ण घटना सन् २०१६ मा भएको थियो । उक्त घटनामा कम्तीमा ३२० जनाको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख गरिएको थियो । आईओएमले बुधबारसम्म पूर्वी भूमध्यसागरमा हराएका ४८ आप्रवासीको सूची सार्वजनिक गरेको थियो ।

उद्धारकार्यमा नौसेनाका जहाजका साथै सेनाको एउटा विमान, हेलिकप्टरका साथै त्यस क्षेत्रमा रहेका अन्य छ वटा डुङ्गा पनि प्रयोग गरिएको छ । कोस्टगार्डले भनेको छ, “बुधबार बिहानैदेखि पाइलोसमा ठूलो सङ्ख्यामा आप्रवासीलाई लिएर माछा मार्ने डुङ्गा पल्टिएपछि उद्धार कार्य व्यापक बनाइएको छ ।

ग्रीसका सञ्चारमाध्यमका अनुसार बन्दरगाहको अस्पतालमा करिब ३० जनालाई लगिएको छ तर तटरक्षकबलले यो सङ्ख्या चारजनामा सीमित गरेको छ ।

कोस्टगार्डका अनुसार युरोपको फ्रन्टेक्स एजेन्सीको एक सर्भिलेन्स प्लेनले मङ्गलबार दिउँसो डुङ्गा देखेको थियो तर यात्रुहरुले कुनै सहयोग गर्न अस्वीकार गरेका थिए ।

डुङ्गामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको बताइएको छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ प्रस्थान गरेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : ५१ बजे

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा