भ्रष्टाचारकाविरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ : मन्त्री ज्वाला « Khabarhub

भ्रष्टाचारकाविरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ : मन्त्री ज्वाला


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै मन्त्री ज्वालाले जनसरोकारका विषयमा हुने ढिलासुस्ती, आर्थिक अनियमिततासँग सम्बन्धित रहेकाले त्यसको न्यूनीकरण गरी सुशासन कायम गर्न सकिने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रुपमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत तथा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिँदै समाजवादी अर्थव्यवस्थाले नागरिकलाई सामाजिक न्याय, समानता र आत्मनिर्भरको अवसर प्रदान गर्ने विचार व्यक्त गरे ।

मन्त्री ज्वालाले गुटबन्दीको अन्त्य गर्न आग्रह गरे । पार्टीका नीति तथा कार्यक्रमलाई पनि प्राथमिकता दिएर विचार, सिद्धान्त र निर्णय सम्प्रेषण गर्न उनले सुझाव दिए । सङ्गठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुवेदीले समाजवादी प्रेस सङ्गठन सधैभरि श्रमजीवी पत्रकारका पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

सङ्गठनको यही जेठ २६ र २७ गते काठमाडौँमा आयोजित प्रथम अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका पदाधिकारीलगायत उपस्थित थिए ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ९ : ५६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका