आज २०८० साल असार २९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल असार २९ गते शुक्रबारको राशिफल


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल असार २९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : प्रशन्नता मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्।

वृष : बोल्दा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोश जागर बढ्नेछ। प्रेममा धोका पाइनेछ।

मिथुन : विजय प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। प्रेममा गढबढ हुनेछ।

कर्कट : हर्ष बढ्नेछ। आकस्मिक लाभ मिल्नेछ। रोगबाट मुक्ति पाउने योग छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

सिंह : स्वास्थ्यमा सुधार हुनेछ। खुसी मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : आज सुरु गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

तुला : आयआर्जन बढ्नेछ। मनमा खुसी मिल्नेछ। आज सबै क्षेत्र यथास्थितीमा रहनेछ। सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ।

वृश्चिक : कर्म क्षेत्र अब्बल रहनेछ। रोगबाट मुक्त हुने सम्भावना छ। हनुमानलाई स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

धनु : बोलीको प्रभावले साथीभाइ रिझाउन सक्नुहुनेछ। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

मकर : सोचेर मात्र बोल्नुपर्नेछ। दैनिकी आनन्दमय चल्नेछ। भूमीसम्बन्धी काम गर्ने हो भने सोचेभन्दा राम्रो उन्नती हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कुम्भ : इष्टमित्रसँगको भेटले मन प्रशन्न हुनेछ। आफन्तबाट ठूलो सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा बाह्य हस्तक्षेप बढ्नेछ।

मीन : आफन्तको सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ। पेटमा समस्या हुनेछ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ०४ बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र