प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना « Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति पौडेलका तर्फबाट राष्ट्रपति कार्यालयका सचिव तथा उनको सचिवालयमा रहेका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर समवेदना सन्देश हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी एवं महिला नेत्री सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान भएको असामयिक निधनले आफूलाई अत्यन्तै दुःखी बनाएको राष्ट्रपतिको समवेदना सन्देशमा उल्लेख छ ।  

समाज रूपान्तरणका क्रममा भएका सशस्त्र सङ्घर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, सन्देशमा भनिएको छ ।  

राष्ट्रपतिले स्व सीताको आत्माको चिरशान्तिको कामनासहित उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नाका साथै दुःखको यस घडीमा प्रधानमन्त्री, शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति  समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १२ : ३० बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने