राष्ट्रियसभा बैठक : सुर्तीजन्य पदार्थमा कर बढाउन सांसदको माग « Khabarhub

राष्ट्रियसभा बैठक : सुर्तीजन्य पदार्थमा कर बढाउन सांसदको माग


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् ।

आर्थिक विधेयक, २०८० माथिको दफावार छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गरे । आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिँडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने सुर्ती, गुट्खा, पान मसला प्रतिकिलो प्रतिकिलो रु ६० का दरले स्वास्थ्य जोखिम कर लगाई असुल हुने उल्लेख गरेको छ ।

प्रस्तावमा बिँडीमा प्रतिखिल्ली ३० पैसाको सट्टा ४०, चुरोट र सिगार ६० पैसाको सट्टा ७५ पैसा कामय गर्ने र सुर्ती, गुट्खा, पान मसला तयारी प्रतिकिलो रु ६० रहेकामा बढाएर रु ७० पुर्‍याउन माग गरिएको छ । 

सुर्तीजन्य वस्तुको प्रयोगका कारण स्वास्थ्यलाई हानी गर्ने र क्यान्सरजस्तो गम्भीर रोग निम्त्याउने भएका कारण स्वास्थ्य सेवा कर बढाइनुपर्ने सांसद दाहालले बताए । सुर्तीजन्य वस्तुको बिक्री वितरणबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव राष्ट्रियसभाबाट आएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १२ : ४० बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने