राष्ट्रियसभा बैठक : सुर्तीजन्य पदार्थमा कर बढाउन सांसदको माग | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : सुर्तीजन्य पदार्थमा कर बढाउन सांसदको माग


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् ।

आर्थिक विधेयक, २०८० माथिको दफावार छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव पेश गरे । आर्थिक विधेयक २०८० ले विदेशबाट आयात गरिने र स्वदेशमै बनेको बिँडीमा प्रतिखिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रतिखिल्ली ६० पैसा र तयारी खाने सुर्ती, गुट्खा, पान मसला प्रतिकिलो प्रतिकिलो रु ६० का दरले स्वास्थ्य जोखिम कर लगाई असुल हुने उल्लेख गरेको छ ।

प्रस्तावमा बिँडीमा प्रतिखिल्ली ३० पैसाको सट्टा ४०, चुरोट र सिगार ६० पैसाको सट्टा ७५ पैसा कामय गर्ने र सुर्ती, गुट्खा, पान मसला तयारी प्रतिकिलो रु ६० रहेकामा बढाएर रु ७० पुर्‍याउन माग गरिएको छ । 

सुर्तीजन्य वस्तुको प्रयोगका कारण स्वास्थ्यलाई हानी गर्ने र क्यान्सरजस्तो गम्भीर रोग निम्त्याउने भएका कारण स्वास्थ्य सेवा कर बढाइनुपर्ने सांसद दाहालले बताए । सुर्तीजन्य वस्तुको बिक्री वितरणबाट उठाइने करमध्ये ८० प्रतिशत क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा खर्च गरिनुपर्ने सुझाव राष्ट्रियसभाबाट आएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १२ : ४० बजे

बैंगलोरले चेन्नईलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज