काठमाडौँ– श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ ।
समूह ‘बी’ अन्तर्गत कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन र प्रतिस जिसीले २६ रन जोडे । कुशल मल्ल र अर्जुन साउदले समान १७-१७ रन तथा आशिफ शेखले १२ रन बनाए । गुल्सन झाले १३ रन बनाए ।
प्रतिक्रिया