ललिता निवास प्रकरणका निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्दैन ? : सांसद सिंह « Khabarhub

ललिता निवास प्रकरणका निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्दैन ? : सांसद सिंह


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन ? भन्दै प्रश्न गरे ।

मन्त्री र प्रधानमन्त्रीको आदेश भएपछि कुन कर्मचारीले टिप्पणी उठाउँदैन ? प्रश्न गर्दै उनले तर, निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरे ।

सरकार भ्रष्टाचारविरुद्ध लागेको हो भने शारदाप्रसाद त्रितालको प्रतिवेदनअनुसार कारबाही गर्न माग गर्दै उनले रुलिङ दिएमा आफूले उक्त प्रतिवेदन सांसदहरुलाई बाँड्न तयार रहेको बताए ।

ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च व्यक्तिलाई जोगाउन खोजिएको भन्दै उनले प्रश्न गरे, ‘सानालाई ऐन, ठूलालाई चैन ?’

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ३ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै