शनिबार एमालेको सचिवालय बैठक बस्ने | Khabarhub Khabarhub

शनिबार एमालेको सचिवालय बैठक बस्ने


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा आज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोलि बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको हो ।

यसपटक धेरै र महत्वपूर्ण एजेण्डा नभएपनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उक्त बैठकमा उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ५४ बजे

पार्टीमा वैचारिक मतभेद छैन : अध्यक्ष नेपाल

काठमाडौं– नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन– जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा

अर्थसंक्षेप : घरजग्गाको कारोबार बढेदेखि पुँजीगत खर्चमा सुध्रिएन सरकारसम्म

काठमाडौं– गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएको

कास्की–तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने

गण्डकी– गण्डकी प्रदेश सरकारले कास्की–तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता