गर्मीमा किन आउँछ घमौरा ? « Khabarhub

गर्मीमा किन आउँछ घमौरा ?


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

छालामा पसिना निकाल्ने ग्रन्थि थुनिएर छालाभित्र नै पसिना रह्यो भने घमौरा आउँछ। गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थिका नली विभिन्न कारणले बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिरा देखापर्छन्, जसलाई घमौरा भनिन्छ। बच्चामा पसिना निस्कने ग्रन्थिको राम्ररी विकास भएको हुँदैन। जब शरीरमा पसिना धेरै निस्किन्छ त्यो पसिना शरीरबाट बाहिर निस्कन पाएन भने यो समस्या देखापर्छ। घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भए पनि कहिलेकाहीँ अन्य भागमा पनि देखिनसक्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन्। भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थि राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ। घमौरा भनेको के हो ? बालबालिकालाई घमौरा भएमा के गर्ने र हुनै नदिन के गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा.रिऋभदेव त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश :

घमौरा भनेको के हो ?
घमौरा पसिनाको ग्रन्थिबाट आउने एक किसिमको संक्रमण हो। पसिना ग्रन्थिका प्वालहरू शरीरमा सबैतिर सिधा भएर जान्छन्। तर कहिलेकाहीँ कुनै कारणवश पसिनाको प्वाल बन्द भयो भने शरीरमा घमौरा देखिने गर्दछ। बच्चामा सुरुको एक दुई हप्तामा धेरै घमौरा देखिन्छ। जति उमेर बढ्दै जान्छ, पसिना निस्कने ग्रन्थि पनि विकसित हुँदै जाने भएकाले समस्या कम हुँदै जान्छ। बच्चामा काखीमा बढी घमौरा आउँछ।

बच्चाको फेसमा ठुलो-ठुलो पिलो जस्तो देखिने फोका पनि आउने गर्छ। मानिसमा पनि कसैको ढाडमा देखिन्छ। घमौरा कतिपय अवस्थामा उपचार नगरी पनि निको हुन्छ। घमौरा धेरै फैलिएको छ भने इन्फेक्सन पनि हुन्छ। यस्तो अवस्थामा यान्टिबायोटिक क्रिम लगाउनुपर्ने हुन्छ।

किन आउँछ घमौरा ?
विषेशगरी छालामा उपस्थित ब्याक्टेरियाले पसिना निस्कने छिद्रलाई बन्द गर्दा, मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द हुन्छ । फोहोर, धुलो मैलो छालामा जम्मा हुँदा छालामा रहेको छिद्र थुनिँदा, अत्यधिक पसिना आउनु, गर्मीमा बाक्लो लुगा लगाउनु, फोहोर खेल्नु, नियमित हातखुट्टा सफा नगर्नु, प्रदूषित वातावरण लगायतका कारणबाट शरीरमा घमौरा आउँछ।

घमौरा आएपछि उपचार कसरी गर्ने ?
साधारण रूपमा घमौरा निको पार्न चिसो पानीमा रुमाल भिजाएर छालालाई सफा गर्यो भने पसिना निकाल्ने ग्रन्थिको प्वाल खुल्छ र विस्तारै कम हुन्छ। घमौरा भएको अवस्थामा कटनको लुगा लगाउने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ। कसैलाई धेरै आयो भने माइल्ड स्टोरोइड क्रिम, क्यालामाइन लोसन लगाउनाले पनि केही कम हुन्छ।

कसैलाई इन्फेक्सन भएको हो भने यान्टिबायोटिक क्रिम लगाउन दिन सकिन्छ। तर डाक्टरको सल्लाहबिना कुनै पनि क्रिम वा पाउडरको प्रयोग गर्नु हुँदैन। यस्ता प्रयोगले पसिना निकाल्ने ग्रन्थिको प्वाल झन् थुनिन सक्छ र समस्या झन् बढ्न सक्छ।

गर्मीमा छालामा कुनै पनि समस्या आउन नदिन के गर्ने ?
यसको लागि सबै जनाले आफ्नो छालाको सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ। यसको लागि चिसो पानीले नुहाउने, कटनको लुगा लगाउने, टाइट लुगा नलगाउने, यस्तै, लोसन, मोस्चराइजर लगाउने, दिनमा सातदेखि ८ गिलास पानी पिउने गर्नुपर्छ।

बाहिर कतै जानुपर्यो वा घाममा हिँड्नु पर्यो भने फेसको लागि फेसवास, सन् स्क्रिन क्रिम लगाउने, छाताको प्रयोग गर्ने गर्नुपर्छ। खाने कुरा भिटामिन ए, भिटामिन सी, भिटामिन ई, एन्टिअक्सिडेन्ट भएका फलफूल र तरकारी खाँदा राम्रो हुन्छ। बाहिरका खानेकुरा ‘जकंफुड’ कम खानुपर्छ। बालबालिकालाई घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ०२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को