मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित « Khabarhub

मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ ।  जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।

ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएको मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले बताए । उनका अनुसार प्रदेशमा झण्डै चार सय लघु जलविद्युत् आयोजना छन् । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन् । सौर्य ऊर्जा र लघु जलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ ।

प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भीमताङ लघु जलविद्युत् आयोजना निर्माण गरिरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघु जलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि बागलुङलगायत जिल्लाका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् । केही मर्मतसम्भारको पर्खाइमा छन् । ती आयोजनाको बिजुलीलाई मिनिग्रिड बनाएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना पनि अलपत्र परेको छ ।

राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको इन्जिनियर श्रेष्ठले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षभित्रमा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारी अघि बढाएको छ । बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुर्‍याउने कार्य भइरहेको जनाइएको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार दुई हजार आठ सय ८४ घरधुरीमा मात्र विद्युत् नपुगेको देखिएको इन्जिनियर श्रेष्ठले बताए ।

बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुर्‍याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ऊर्जा शाखाका अनुसार पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघु जलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ ।

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ ।

संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : १७ बजे

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने

डुबेर बालिकाको मृत्यु

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे