अमेरिकाको डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो  « Khabarhub

अमेरिकाको डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

हवाई– अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगलागी हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउईलाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन् भने सयौँ सवारी साधन पनि आगजनीका कारण ध्वस्त भएका छन् । 

बिजुली तथा खानेपानीसमेत नहुँदा मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांश मानिसले घर छाडेर हिँडेका छन् ।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

हवाई राज्यमा भएको भीषण आगलागी कारण सयौँ भौतिक संरचनामा ध्वस्त भए पछि राष्ट्रपति जो बाइडेनले संघीय सरकारले पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ३१ बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत