अमेरिकाको डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो  « Khabarhub

अमेरिकाको डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुग्यो 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

हवाई– अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगलागी हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउईलाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन् भने सयौँ सवारी साधन पनि आगजनीका कारण ध्वस्त भएका छन् । 

बिजुली तथा खानेपानीसमेत नहुँदा मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांश मानिसले घर छाडेर हिँडेका छन् ।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

हवाई राज्यमा भएको भीषण आगलागी कारण सयौँ भौतिक संरचनामा ध्वस्त भए पछि राष्ट्रपति जो बाइडेनले संघीय सरकारले पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ३१ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।