भारतविरुद्धको श्रृंखला वेस्ट इन्डिजलाई « Khabarhub

भारतविरुद्धको श्रृंखला वेस्ट इन्डिजलाई


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वेस्ट इन्डिजले भारतविरुद्धको पाँच टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला उपाधि जितेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला आफ्नो पक्षमा पारेको हो । वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो ।

जितका लागि भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍याे ।

वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले अविजित ८५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, निकोलस पुरन ४७, शाई होपले २२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै, तिलक बर्माले २७ रन रन बनाए । 

वेस्टइन्डिजका रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट लिए । यस्तै, स्पिनर अकिल हुसैन तथा जेसन होल्डरले समान २–२ विकेट लिए ।

पहिलो खेल चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज २ विकेटले विजयी भएको थियो । त्यसपछिका दुई खेलमा भारत क्रमशः ७ र ९ विकेटले विजयी भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : ३७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को