भारतविरुद्धको श्रृंखला वेस्ट इन्डिजलाई « Khabarhub

भारतविरुद्धको श्रृंखला वेस्ट इन्डिजलाई


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वेस्ट इन्डिजले भारतविरुद्धको पाँच टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला उपाधि जितेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला आफ्नो पक्षमा पारेको हो । वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो ।

जितका लागि भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍याे ।

वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले अविजित ८५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, निकोलस पुरन ४७, शाई होपले २२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै, तिलक बर्माले २७ रन रन बनाए । 

वेस्टइन्डिजका रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट लिए । यस्तै, स्पिनर अकिल हुसैन तथा जेसन होल्डरले समान २–२ विकेट लिए ।

पहिलो खेल चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज २ विकेटले विजयी भएको थियो । त्यसपछिका दुई खेलमा भारत क्रमशः ७ र ९ विकेटले विजयी भएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : ३७ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल