शाहरुख खानको चलचित्र ‘जवान’ रिलिजको प्रतीक्षामा दर्शक | Khabarhub Khabarhub

शाहरुख खानको चलचित्र ‘जवान’ रिलिजको प्रतीक्षामा दर्शक


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘जवान’ आगामी ७ सेप्टेम्बरमा रिलिज हुँदैछ । दर्शकहरू सो चलचित्रको प्रतीक्षामा छन् । यस चलचित्रमा शाहरुख फेरि एकपटक एक्सन अवतारका रुपमा दर्शकमाझ प्रस्तुत हुँदैछन् ।

शनिबार ‘जवान’को दोस्रो गीत ‘छलेया’ रिलिज भएको थियो । यसका साथै ‘जवान’को एक दृश्य सामाजिक सञ्जालमा लिक भएको छ । चलचित्रको एक क्लिप कसैले ट्विटरमा अपलोड गरेपछि शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेनमेन्टले यसविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएको छ । उजुरीमा कपीराइट अधिकारको उल्लंघन गरेको आरोप लगाइएको छ ।

जवानको छायांकन सेटमा कुनै पनि मोबाइल फोन वा रेकर्डिङ सामग्री प्रयोग गर्न निषेध गरिएको थियो । त्यसका बाबजुद पनि चलचित्रको क्लिप लिक भएर भाइरल भएपछि शाहरुख चिन्तित बनेका छन् ।

पाँचवटा ट्विटर एकाउन्टबाट यो क्लिप सेयर भएको छ । यस विषयमा प्रहरीले आईपीसीको सेक्सन ३७९ (चोरी) र सूचना प्रौद्योगिकी नियमको ४३ (बी) अनुसार मुद्दा दर्ता गरेको छ । यसबारे अरु अनुसन्धान अघि बढ्ने मुम्बई प्रहरीले जनाएको छ ।

शाहरुखको एक्सन अवतार रहेको चलचित्र ‘जवान’को ट्रेलर गत महिना रिलिज भएको थियो । एटलीले निर्देशन गरेको यो चलचित्रमा शाहरुखका साथै दक्षिण भारतीय सुपरस्टार नयनतारा र विजय सेतुपतिको शीर्ष भूमिका छ । चलचित्रमा सुनिल ग्रोवर, दीपिका पादुकोण, प्रियमणिसान्या मल्होत्राले समेत अभिनय गरेका छन् ।  (स्रोतः एनआई)

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ३३ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना