शाहरुख खानको चलचित्र ‘जवान’ रिलिजको प्रतीक्षामा दर्शक « Khabarhub

शाहरुख खानको चलचित्र ‘जवान’ रिलिजको प्रतीक्षामा दर्शक


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘जवान’ आगामी ७ सेप्टेम्बरमा रिलिज हुँदैछ । दर्शकहरू सो चलचित्रको प्रतीक्षामा छन् । यस चलचित्रमा शाहरुख फेरि एकपटक एक्सन अवतारका रुपमा दर्शकमाझ प्रस्तुत हुँदैछन् ।

शनिबार ‘जवान’को दोस्रो गीत ‘छलेया’ रिलिज भएको थियो । यसका साथै ‘जवान’को एक दृश्य सामाजिक सञ्जालमा लिक भएको छ । चलचित्रको एक क्लिप कसैले ट्विटरमा अपलोड गरेपछि शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेनमेन्टले यसविरुद्ध मुम्बई प्रहरीमा उजुरी दिएको छ । उजुरीमा कपीराइट अधिकारको उल्लंघन गरेको आरोप लगाइएको छ ।

जवानको छायांकन सेटमा कुनै पनि मोबाइल फोन वा रेकर्डिङ सामग्री प्रयोग गर्न निषेध गरिएको थियो । त्यसका बाबजुद पनि चलचित्रको क्लिप लिक भएर भाइरल भएपछि शाहरुख चिन्तित बनेका छन् ।

पाँचवटा ट्विटर एकाउन्टबाट यो क्लिप सेयर भएको छ । यस विषयमा प्रहरीले आईपीसीको सेक्सन ३७९ (चोरी) र सूचना प्रौद्योगिकी नियमको ४३ (बी) अनुसार मुद्दा दर्ता गरेको छ । यसबारे अरु अनुसन्धान अघि बढ्ने मुम्बई प्रहरीले जनाएको छ ।

शाहरुखको एक्सन अवतार रहेको चलचित्र ‘जवान’को ट्रेलर गत महिना रिलिज भएको थियो । एटलीले निर्देशन गरेको यो चलचित्रमा शाहरुखका साथै दक्षिण भारतीय सुपरस्टार नयनतारा र विजय सेतुपतिको शीर्ष भूमिका छ । चलचित्रमा सुनिल ग्रोवर, दीपिका पादुकोण, प्रियमणि र सान्या मल्होत्राले समेत अभिनय गरेका छन् ।  (स्रोतः एनआई)

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ३३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल