ललिता निवास प्रकरणमा मैले केही बिराएको छैन : अध्यक्ष नेपाल « Khabarhub

ललिता निवास प्रकरणमा मैले केही बिराएको छैन : अध्यक्ष नेपाल


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

आज युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका हुन् । 

उनले जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए । उनले भने,  ‘‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ ।’

आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर हल्ला चलाएकाले पूर्वनिर्धारित युरोपका केही देशका भ्रमण कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको
उनले जानकारी दिए ।

अध्यक्ष नेपालले आफू यसअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट प्राप्त नहुँदा ढिला भएको बताए । उनले ललिता निवास जग्गा प्रकरणमा निर्दोष नफसोस् र दोषी नउम्कियोस् भन्ने धारणामा आफू दृढ रहेको बताए ।

अध्यक्ष नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताए । उनले भने, ‘गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन ।’

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : ३० बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज