निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन « Khabarhub

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रधानमन्त्रीले निर्माण व्यवसायीले उठाएका मागको सम्बन्धमा सम्बोधन गर्न सम्बद्ध निकायलाई निर्देशनसमेत दिएको प्रवक्ता भट्टले बताए ।

समस्या समाधानका लागि नै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा विभिन्न विषयगत मन्त्रालयका सहसचिव सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदललाई आगामी १५ दिनभित्र सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । कार्यदलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकासलगायतका भौतिक पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।

निर्माण व्यवसायीले आफूहरुले गरेको कामको भुक्तानी नपाएको भन्दै विगत केही दिनदेखि चासो व्यक्त गर्दै आएका छन् । सोही आधारमा प्रधानमन्त्रीले आवश्यक चासो लिँदै समस्या समाधानका लागि पहल थालेका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : ५९ बजे

मदनकृष्णकोपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा

काठमाडौं – पछिल्लो समय बायोपिक निर्देशनमा केन्द्रित बनेका मिलन चाम्सले

नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’

काठमाडौं– सीजी डिजिटलले देशभरका २८ वटा शोरूममार्फत विभिन्न ब्रान्डका विद्युतीय तथा

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा आफूहरू

नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार,

११४ दिनदेखि बन्द काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुल्यो

काठमाडौं– काठमाडौं- समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटिमण्डपमा रहेका काठमाडौं उपत्यका