पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको घुइँचो  « Khabarhub

पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको घुइँचो 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा भक्तजनको धेरै घुइँचो लागेको हो ।

आज अन्तिम सोमबार भएकाले भक्तजनहरू बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । उनका अनुसार विशेषगरी साउने सोमबारको व्रत बसेका भक्तजन आज दर्शनका लागि लाम लागेका छन् ।

पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ । भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको पराजुलीले बताए ।

यसवर्ष सौरमास अनुसार साउनमा पाँच सोमबार परेका छन् । साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चान्द्रमास अनुसार साउनका सोमबार बाँकी छन् । यसवर्ष साउनमा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ ।

 

एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसार साउन महिनाको सोमबार गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत, उद्यापन गर्न हुने तर्क गरेका छन् । अर्काथरीले अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउनमा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उक्त विषयमा आधिकारिक निर्णय नगरिएको जनाउँदै कुल, परम्परा अनुसार नै व्रतालुले साउने सोमबारको व्रत गरेको बताएको छ ।

साउनको सोमबार आज पशुपतिनाथमा बोल बम यात्रीको पनि भीड लागेको छ । सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरीजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् ।

बोल बम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

साउनमा शिवालयमा शुद्ध जलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ । साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने कोषले जनाएको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १२ : ४५ बजे

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु

बलेवा–  निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी शृंखलामा नेपालले आज

उच्च रक्तचापको समस्या, डाक्टर भन्छन्- समयमै औषधि खाएर रोक्न सकिन्छ

काठमाडौं– उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक

संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन

काठमाडौं- हर्कराज राई नेतृत्वको प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्।