अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित « Khabarhub

अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची-हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो। 

आज बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको नगर प्रमुख आइतमान  तामाङले बताए । तामाङले नगरपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि तीव्रगतिमा काम गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै हेलम्बु गाउँपालिकाले हिउँदको समयमा नदी नियन्त्रणका लागि गरिएका सबै प्रयास असफल भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। चनौटे, ग्याल्थुम र ढुङ्ग्रे बजारमा हालिएको ग्याबिन जालिसमेत बाढीले बगाएको उनको भनाइ छ । 

गाउँपालिकाको ढुङ्ग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलिब्रिजदेखि गणेश बगरसम्मको सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिए। तत्कालका लागि सडक सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको उनको भनाइ छ । खोलाको अवस्था हेरेर बस्ती संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गर्ने उनले जानकारी दिए। 

यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकोको वडा नं ८ खाल्डे गेट अगाडि उत्तिस घारीमा खोलाले कटान गरेका कारण पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै तिपेनी ‘ड्याम साइड’ अगाडिको पहिरो पच्छ्याइएको र अहिले सडक सञ्चालनमा आएको अध्यक्ष टासी लामाले जानकारी दिए। अध्यक्ष लामाले प्राकृतिक विपत्तिका कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै पालिकावासीमा धैर्य गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

अध्यक्ष लामाले अवरुद्ध भएका सडक सञ्चालनका लागि निरन्तर लागि परेको बताए। कतिपय स्थानमा अवरुद्ध भएका सडक सञ्चालनमा आएको उल्लेख गर्दै लामाले खाल्डे खोलास्थित उत्तिसघारीमा भने केही समय लाग्ने बताए। 

उनले अतिआवश्यक काम परेमा मात्र घरबाट निस्कन र यात्रा गर्न आग्रह गर्दै तत्कालका लागि खाल्डे –लागर्चे तिपेनीको सडक वैकल्पिक रुपमा प्रयोग गर्न सुझाए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १ : २५ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या