युवापुस्ताले बच्चा जन्माउँन छाडेसँगै चीन जन्मदर घट्ने चपेटामा  « Khabarhub

युवापुस्ताले बच्चा जन्माउँन छाडेसँगै चीन जन्मदर घट्ने चपेटामा 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजीङ – चीन जन्मदर घट्ने चपेटामा परेको छ। चीनले एक सन्तान नीति परित्याग गरेपनि विगत पाँच वर्षमा जन्मदर ४० प्रतिशतमा झरेको छ । आधिकारिक प्रक्षेपणहरुले सन् २०२३ मा चीनमा नवजात शिशुको संख्या ७० लाखदेखी ८० लाख बीच हुने अनुमान गरेका छन् जुन ८५ वर्षमा सबैभन्दा कम वृद्धिदर हो। चीनमा ८० लाखभन्दा नवजात शिशु जन्मेको अन्तिम उदाहरण सन् १९३९ मा थियो जुन युद्धको अवधिमा थियो। 

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय तथ्यांक ब्यूरोले एउटा प्रतिवेदनमा सन् २०२२ मा चीनको जनसङ्ख्या २०२१ को तथ्यांकको तुलनामा ८५ लाखले घट्ने अनुमान गरेको थियो जुन ४२ वर्षकै कम थियो।  सन् २०२२ मा चीनमा ९५ लाख बालबालिकाको जन्म भएको थियो भने सन् २०२१ मा १ करोड ६२ लाख बालबालिकाको जन्म भएको थियो। 

चीनको एक बच्चा नीतिमा सन् २०१५ मा परिवर्तन गरेको थियो। सन् २०१५ मा चीन सरकारले  ‘एक सन्तान’ नीति खारेज गरेको थियो। यो अवस्थालाई चीनको ‘ऋणात्मक वृद्धिको युग’ को रुपमा लिइएको छ। उच्च युवा बेरोजगारी दर, ढिला विवाह, न्यून पारिश्रमीक, महङ्गी आदि कारणले चीनमा विवाह गर्ने  र बच्चा जन्माउने योजनाबाट युवा पुस्ता निरुत्साहित हुँदै जाँदा नवजात शिशुहरूको सङ्ख्या झन घट्दै जान थालेको छ। 

सन् १९७९ मा चीनमा जनसङ्ख्या वृद्धि रोक्न एक सन्तान नीति ल्याइएको थियो जुन अहिले चीनको समस्याको रुपमा देखिन थालेको छ। सो समयमा चीनले जनसंख्या वृद्धिदर रोक्न एक भन्दा बढी बच्चा जन्माएकोमा जागिरबाट निकालियो, महिलाहरूलाई गर्भपतन गर्न बाध्य पार्ने, पुरुषहरूलाई भ्यासेक्टोमी गर्न बाध्य पार्ने तथा परिवार नियोजन लगायतमा विधिहरू समेत लगाएर कडाइ गर्ने गरेको थियो।

चीनमा छोरीभन्दा छोरालाई प्राथमिकता दिने रुढीवादी परम्परा पनि कायमै छ जसका कारण गर्भपतन आदी समेतको समस्यामा फँसेको छ। घट्दो जन्मदरलाई पुरानै लयमा फर्काउन प्रोत्साहनका नीति ल्याउन भने चीन सरकार असफल भएको छ। 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १ : ३८ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग