बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु « Khabarhub

बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजदेखि सुन  छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिए। सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनको भनाइ छ । 

उनले सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको जानकारी दिए। राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो ।

सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया सुरु गरिएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : ५२ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै