चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक  | Khabarhub Khabarhub

चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लहान– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सिरहाको लहानस्थित एक कार्यक्रममा उनले चुरे विनाशसँगै पानीका मुहान सुक्दै गएकाले यसको रिचार्ज गर्नुपर्ने बताएका हुन् । 

‘हामीले चुरेको रिचार्ज नगर्ने हो भने एकाध वर्षमा तराई क्षेत्र मरुभूमि बन्न सक्ने खतरा छ, तर कसरी चुरेको रिचार्ज गर्ने रु कसरी चुरेको संरक्षण गर्ने ?’, मन्त्री भुसालले भने, ‘त्यसको लागि एउटा उपाय छ, त्यो भनेको चुरेको फेदीबाट पूर्व–पश्चिम नहर बनाउनुपर्ने आवश्यकता छ, यसो गरियो भने चुरेको रिचार्ज हुन्छ, खानेपानीको पनि अभाव हुन्न, सिँचाइको पनि अभाव हुन्न, अन्नको भण्डार मानिने तराईमा बाह्रैमास सिँचाइ गर्न सकिन्छ ।’

पानी नदीबाट बगेर जाने तर खडेरी परेर यहाँका किसान रुनुपर्ने अवस्थालाई अन्त्य गरी उक्त बगेर जाने पानीलाई व्यवस्थापन गरी नदीले कटान गरिएका लाखौँ हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्न सकिने मन्त्री भुसालले व्यक्त गरे । साथै चुरेको फेदीका ठाउँठाउँमा जलाशययुक्त पोखरी, तालतलैया निर्माण गरी पर्यटन केन्द्र, माछापालन, हाँसपालन जस्ता योजनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार लाग्नुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : २३ बजे

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट