गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त  « Khabarhub

गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट २०२४ प्रतियोगिताका लागि उनलाई मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकमा थम्मन भुसाललाई नियुक्त गरिएको हो । प्रशिक्षकद्वयलाई एन्फाका महासचिव किरण राईले आज नियुक्ति पत्र प्रदान गरे । 

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डि’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । समूह ‘डी’ को खेल आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मङ्गोलियमा हुनेछ ।

प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

मुख्य प्रशिक्षक बस्नेतले यसअघि सन् २०२२ मा किर्गिजस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा पनि नेपाली टोलीको प्रशिक्षक समालेका थिए । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ०४ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित