गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त  « Khabarhub

गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट २०२४ प्रतियोगिताका लागि उनलाई मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकमा थम्मन भुसाललाई नियुक्त गरिएको हो । प्रशिक्षकद्वयलाई एन्फाका महासचिव किरण राईले आज नियुक्ति पत्र प्रदान गरे । 

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डि’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । समूह ‘डी’ को खेल आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मङ्गोलियमा हुनेछ ।

प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

मुख्य प्रशिक्षक बस्नेतले यसअघि सन् २०२२ मा किर्गिजस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा पनि नेपाली टोलीको प्रशिक्षक समालेका थिए । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ०४ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको