नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डसँग खेल्ने | Khabarhub Khabarhub

नेपाली महिला क्रिकेट टिमले थाइल्याण्डसँग खेल्ने


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले थाइल्याण्डसँग टी-२० खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरुप नेपालले अगस्ट २८ मा थाइल्याण्डसँग खेल्ने जनाएको छ । 

नेपाल र थाइल्याण्डबीचको खेल मलेसियाको रोएल रेलांगरटर्फ क्लबमा हुनेछ । एसोसिएट राष्ट्रहरुमध्ये बलियो टिमको रुपमा रहेको थाइल्याण्ड विरुद्धको खेलले नेपाली टोलीलाई एसिया क्वालिफायरमा सहयोग पुग्ने क्यानको विश्वास छ ।

हाल नेपाली महिला क्रिकेट टोली एसिया क्वालिफायरटी-२० सिरिजका लागि तयारी गरिरहेको छ । महिला टी-२० विश्वकप एसिया छनोट अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै आयोजना हुँदैछ ।

नेपालले थाइल्याण्डसँग खेल्नुअघि मलेसियामा चार राष्ट्र सम्मिलित टी-२० सिरिज पनि खेल्नेछ । अगष्ट २२ देखि २६ सम्म बायुमास ओभलमा हुने सिरिजमा नेपाल र मलेसियासहित हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । चारै टिम टी-२० विश्वकप एसिया क्वालिफायर खेल्दैछन् ।

एसिया क्वालिफायरमा समूह ए मा रहेको नेपालले मलेसियासँग अगष्ट ३१ मा पहिलो खेल खेल्नेछ । नेपाल रहेको समूहमा मलेसियासहित युएई, कतार, भुटान र बहराइन पनि छन् । समूह बी मा थाइल्याण्ड, हङकङ, चीन, कुवेत र म्यानमार छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

एसिया छनोटका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ३६ बजे

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा