नाइजर : बाजूमलाई ‘उच्च राजद्रोह’ को अभियोगमा मुद्दा चलाइने « Khabarhub

नाइजर : बाजूमलाई ‘उच्च राजद्रोह’ को अभियोगमा मुद्दा चलाइने


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नियामी– नाइजरका विद्रोही सैनिकहरूले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई ‘उच्च राजद्रोह’ र राज्यको सुरक्षालाई कमजोर पारेको अभियोगमा मुद्दा चलाउने बताएका छन् ।

नाइजरको दण्ड संहिताअनुसार बाजुमदोषी ठहरिएमा उहाँलाई मृत्युदण्डको सजाय हुनसक्छ । प्रवक्ता कर्नेल अमादोउ अब्दरमानेले आइतबार राति सरकारी टेलिभिजनमा भने, ‘सैन्य शासनले अपदस्थ राष्ट्रपति र उहाँका स्थानीय तथा विदेशी सहयोगीहरूलाई ‘उच्च राजद्रोह’ र नाइजरको आन्तरिक र बाह्य सुरक्षालाई कमजोर पारेको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिकारीहरूसमक्ष मुद्दा चलाउन आवश्यक सबै प्रमाणहरू जुटाएको छ ।’

उक्त घोषणामा न त आरोपको बारेमा कुनै स्पष्ट विवरण दिइएको छ न त मुद्दाको परिस्थिति वा सुनाईको मिति नै उल्लेख गरिएको छ ।

नाइजरका प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपति बाजुमलाई राष्ट्रपति गार्डका सदस्यहरूले जुलाई २६ मा कब्जामा लिई पदच्युत गरेका थिए । त्यसपछि उनी आफ्नी पत्नी र छोरासहित राजधानी नियामीस्थित राष्ट्रपति परिसरमा नजरबन्दमा छन् ।

राष्ट्रपतिका नजिकका व्यक्तिहरू र उनको सत्तारुढ दलका नेताहरूले उहाँको परिवारको बिजुली र पानी काटिएको र उनीहरूको खाना समाप्त भएको बताएका छन् ।

जुन्टाले आइतबार राति यी रिपोर्टहरू खारेज गर्दै पश्चिम अफ्रिकी राजनीतिज्ञहरू र अन्तर्राष्ट्रिय साझेदारहरूले जुन्टालाई बदनाम गर्न दुष्प्रचार गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : २५ बजे

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार