४३ वर्ष पुरानो दंगाको छानबिन प्रतिवेदन सार्वजनिक | Khabarhub Khabarhub

४३ वर्ष पुरानो दंगाको छानबिन प्रतिवेदन सार्वजनिक


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको उत्तरप्रदेश सरकारले ४३ वर्ष पुरानो दंगाको छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । सन् १९८० अगस्ट १३ मा भारतको उत्तरप्रदेशस्थित मुरादाबादमा दंगा भएको थियो । दंगापछि इलाहावाद हाइकोर्टका न्यायाधीश एमपी सक्सेनाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । त्यो समितिले सन् १९८३ मा तयार पारेको प्रतिवेदन योगी आदित्यनाथ नेतृत्वको सरकारले उत्तरप्रदेश विधान सभामा सार्वजनिक गरेको हो ।

त्यो दंगामा परेर २८९ जनाको मृत्यु भएको जानकारी उत्तर प्रदेशका तत्कालीन गृहमन्त्री स्वरुप कुमार बक्सीले विधान सभामा गराएको दाबी गरिएको थियो । तर प्रतिवेदनमा ८४ जना मारिएका र ११२ जना घाइते भएका उल्लेख छ । 

उनीहरु भागदौडका क्रममा किचिएर मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । न्यायाधीश सक्सेनाको प्रतिवेदनमा दंगा भड्किनमा तत्कालीन इण्डियन मुस्लिम लिगका नेता डा. शमीम अहमद खाँको हात रहेको भन्दै भारतीय जनता पार्टी भाजपा, राष्ट्रिय स्वयम् सेवक दल आरएसएस र तत्कालीन प्रशासनलाई क्लिन चिट दिइएको छ ।

उत्तर प्रदेशका पत्रकार सुमन गुप्ता प्रतिवेदनमा धेरै विरोधाभास रहेको बताउँछन् । उनी प्रतिवेदन अहिले नै सार्वजनिक हुनुमा पनि प्रश्न उठाउँछन् ।
उनी भन्छन्, ‘जब कुनै राजनीतिक दलका नेताले कुनै कुरा तय गर्छन् भन् त्यसमा राजनीतिक कारण हुन्छ नै ।’ योगी आदित्यनाथले आफ्नो पक्षमा राजनीतिक माहोल बनाउनलाई यो सम चुनेको उनको दाबी छ ।

‘योगी आदित्यनाथको सरकार पाँच वर्षअघि नै थियो’ उनी प्रश्न गर्छन्, ‘त्यतिबेला किन सार्वजनिक नगरेको त ?’ एउटा समुदायलाई दोषी देखाएको र आफ्नो विचार र पार्टीलाई क्लिन चिट दिएका कारण यो प्रतिवेदन भविष्यमा राजनीतिका लागि प्रयोग हुनसक्ने आकलन पत्रकार गुप्ताको छ ।
इन्डियन युनियन मुस्लिम लिगका उत्तर प्रदेश अध्यक्ष कौसर हयात खान कांग्रेस आईसँगको प्रतिस्पर्धाका लागि हतियार बनाउन प्रतिवेदन सार्वजनिक गरिएको आरोप लगाउँछन् ।

‘मुस्लिम लिग कांग्रेसको साथमा छ’ उनी भन्छन्, ‘त्यसैले भाजपाले यो प्रतिवेदनलाई प्रयोग गरेर फाइदा उठाउन चाहेको छ। ‘खानका अनुसार डा। शमीमविरुद्ध हत्याको मुद्दा चलेको थियो । अरु १८ जनालाई राष्ट्रिय सुरक्षा ऐन अनुसारको मुद्दा चलेको थियो । तर अदालतले सबैलाई रिहा गरेको थियो । खानका अनुसार शमीमविरुद्ध दंगा भड्काएको आरोप त्यतिबेला लागेको नै थिएन, त्यस सम्बन्धी कुनै मुद्दा नै चलेको थिएन ।

तर उत्तरप्रदेश सरकारका अनुसार पछिल्लो ४० वर्षमा यो प्रतिवेदनलाई विधान सभामा पेश गर्न १२ पटक सरकारले अनुमति दिएको थियो । तर उत्तर प्रदेशको साम्प्रदायिक स्थिति र प्रतिवेदन सार्वजनिक भइसकेपछि उत्पन्न हुने स्थितिलगायतका कारणले यो प्रतिवेदन लामो समय गोप्य रहन पुगेको हो ।
पछिल्लो समय प्रतिवेदन फेला नपरेको र अहिले फेला पर्ने बित्तिकै सार्वजनिक गरिएको उत्तरप्रदेश सरकारको दाबी छ । 

स्रोत- एनआई

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ४० बजे

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक