‘खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी’  « Khabarhub

‘खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी’ 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताएका छन् । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ को फाइनल अडिशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरू विश्वभर स्थापित भएको बताए । 

किराँतीहरूको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गरे। ‘किरात मुन्दुम आफैँमा सङ्गीतबद्ध हुन्छ । खोटाङ किरातीको उद्गम थलो भएकाले पनि गीत र सङ्गीतमा लाग्ने कलाकारको लागि खोटाङ नर्सरी भएको हो’, पुर्ख्यौली थलो खोटाङ भएका मन्त्री किरातीले भने, ‘खोटाङ्गे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभा जन्मिएका छन् । उनीहरूलाई बाटो देखाउनु अग्रजहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

खोटाङ्गे अग्रज कलाकारले चुमेको शिखरलाई नवप्रतिभाहरुले धानेर राख्नुपर्ने पनि मन्त्री किरातीले नवप्रतिभालाई आग्रह गरे । कला, संस्कार र संस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि उनले जानकारी दिए। 

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके) ले संयुक्त रुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ छनोटको प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सञ्चालन भइरहेको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमश स् नगद रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रूपकुमार राईले जानकारी दिए । 

प्रतियोगितामा खोटाङ जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक-एक जना गरी २० प्रतिभाले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको गायनतर्फ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली सहभागी छन् । 

नृत्यतर्फ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना तामाङ, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिजन मगर र साकेला गाउँपालिकाबाट मेनुका राई सहभागी छन् । 

फाइनल अडिशनलाई रोचक र प्रभावकारी बनाउन जिल्लाका दशवटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई महिना दिनअघि काठमाडौँ झिकाएर प्रशिक्षण दिने कामसमेत गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिए।  

जिल्लाको ग्रामीण तथा सुदूर गाउँहरूमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभाहरुमध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीनरतीन जना प्रतिभा छनोट गरिएको जनाइएको छ । पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०-३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एक-एक जना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजकले जनाएको छ । 

खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीतरसङ्गीतलाई आफ्नो पेशाको रुपमा अङ्गालेका खोटाङ्गे कलाकारहरुले विसं २०७७ मा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुची राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारहरुको साझा मञ्चको रुपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्