पाकिस्तानले मनायो स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव | Khabarhub Khabarhub

पाकिस्तानले मनायो स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद पाकिस्तानले दृढतापूर्वक देशको सुरक्षा, समृद्धि र विकासका लागि सङ्घर्ष गर्ने र कडा परिश्रम गर्ने वाचाका साथ स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव मनाएको छ ।

राष्ट्रिय वीरहरूको अथक सङ्घर्ष र देशको सुरक्षा र समृद्धिका लागि अथक प्रयास गर्ने अग्रज शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सन् १९४७ अगस्ट १४ मा ब्रिटिश औपनिवेशिक शासनविरुद्ध लामो सङ्घर्षपछि देशलाई स्वतन्त्र र सार्वभौम राज्य घोषणा गरेको दिनको सम्झनामा पाकिस्तानी जनताले हरेक वर्ष अगस्ट १४ मा स्वतन्त्रता दिवस मनाउँछन् ।

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तान आन्दोलनका संस्थापक पिता र जनताहरूले गरेको बलिदान स्मरण गर्दै त्यस कार्यको उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : १२ बजे

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम