‘सालार सिजफायर’ मा जबरजस्त एक्सन « Khabarhub

‘सालार सिजफायर’ मा जबरजस्त एक्सन


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेलुगू सुपरस्टार प्रभास स्टारर ‘सालारः पार्ट १ सिजफायर’ को सिजफायरवाला एक्सनले भरिपूर्ण टिजर रिलिजसँगै यो फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ । यो फिल्मसँगै केजीएफ १ र २ जस्तो ब्लकबस्टर फिल्म निर्देशन गरेका प्रशान्त नीलले यसको तेस्रो शृंखलाबारे पनि केही संकेत गरेका छन् ।

‘सालार’ रिलिजसँगै ‘सालारी पार्ट २’ को तयारीमा रहेका प्रशान्त नील अब त्यसअघि नै केजीएफ च्याप्टर ३ को छायांकन सुरु गर्ने योजनामा छन् ।

एक्सन फिल्मका लागि भारतमा छुट्टै पहिचान बनाएका प्रशान्त नीलको केजीएफको तेस्रो शृंखलाका लागि फ्यानहरुको व्यग्र पर्खाइ छ । त्यसैले उनले चाँडोभन्दा चाँडो यो फिल्मलाई समय दिन चाहेको जनाइएको छ ।

प्रभासका साथै पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपति बाबुको मुख्य भूमिका रहेको ‘सालार: पार्ट १ सिजफायर’ आगामी सेप्टेम्बर २८ मा विश्वव्यापी रिलिज हुँदैछ ।
(स्रोतः एनआई)

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : २६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४