नाथ्री किन फुट्छ ? « Khabarhub

नाथ्री किन फुट्छ ?


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

नाथ्री फुट्ने समस्या बालकदेखि वृद्धासम्मलाई हुन सक्छ । कहिलेकाहीँ त नाथ्री फुटेर एक्कासि ह्वालह्वालती रगत आइदिँदा मानिसहरू के गर्ने भनेर अलमलमा पनि पर्ने गर्छन् ।

सायद तपाईँको पनि बेलाबखतमा नाथ्री फुटेर नाकबाट रगत आएको होला । यसको कारण के हो त ? आज हामी यसका बारेमा चर्चा गर्छौँ ।

नाक हाम्रो शरीरको निकै संवेदनशील अंग हो । सानो चोटपटक वा अन्य केही समस्या भएमा यसले ठूलो समस्या निम्त्याउन सक्छ ।

गर्मीयामसँगै विभिन्न सङ्क्रमणका कारण नाक सुक्खा हुँदा नाथ्री फुट्ने समस्या बढी हुने चिकित्सकहरू बताउँछन् । 

विशेष गरी गर्मी मौसममा नाथ्री फुट्ने समस्या धेरै देखिन्छ । गर्मी मौसममा तातोका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् ।

कतिपय साना नलीहरू आफैँ फुट्ने गर्छन् जसबाट रगत आउँछ । सामान्यतया नाथ्री फुट्दा केही समयमा आफैँ रगत रोकिने गर्छ । 

यस्ता छन् नाथ्री फुट्ने कारण 
कुनै पनि चिजले नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ । यसका साथै रुघाखोकी, पिनास, नाकभित्रको रक्तनली फुटेर, उच्च रक्तचाप, रक्तअल्पता, र हृदयको रोग भएमा, फ्लु, क्यान्सर, हाेमोफेलिया, लहरे खोकी, निमोनिया तथा टाइफाइड भएमा, कतिपयले रगत पातलो बनाउने औषधि खाने गरेको कारणले पनि नाथ्री फुट्ने गर्छ ।

बालबालिकाहरू घाममा धेरै खेल्दा र दौडँदा तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फुट्ने सम्भावना बढी हुन्छ । अन्य रगतसम्बन्धी रोग होमोफेलिया भएका मानिसमा, कलेजो र मिर्गौलामा समस्या भएका मानिसहरूमा नाकबाट रगत बग्ने समस्या देखा पर्छ । 

नाथ्री फुटेको समयमा के गर्ने  ? 
नाथ्री फुटेको समयमा सबै भन्दा पहिला बुढीऔँला र चोरी औँलाले बेस्सरी नाकलाई १० मिनेटसम्म च्याप्ने र  अगाडि पट्टि निहुरिने यो बेला मुखबाट सास फेर्ने गर्नुपर्छ । 

धेरै चिल्लो, लसुन, माछा, मासु र अण्डा नखाने, गर्मीको मौसममा चिया, कफी, बढी नपिउने, रक्सी, सुर्ती तथा धुमपान सेवन नगर्ने । 

एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्तो मान्छेले घामबाट बाहिर निस्किँदा विशेष ध्यान दिनु पर्छ । लामो समयसम्म नाकबाट रगत बगिरह्यो भने तुरुन्तै नजिकको अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ । 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ७ : ०४ बजे

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर– जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु