लिबियामा बाढीले बगाएका ५३ सय शब भेटिए  « Khabarhub

लिबियामा बाढीले बगाएका ५३ सय शब भेटिए 


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

डेर्ना– लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ । गत सोमबार आएको बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भूभाग डुबानमा परेको छ ।

बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गरेका थिए जबकि क्षेत्रीय प्रशासनका एक मन्त्रीले मृतकको संख्या दोब्बर हुने सम्भावना रहेको बताए।

बाढीका कारण सो सहरका ३० हजार मानिस विस्थापित भएका छन् । पूर्वी लिबिया चलाउने प्रशासनमा नागरिक उड्डयन मन्त्री हिचेम अबु चाकियोतले रोयटर्सलाई भने कि समुद्रले लगातार दर्जनौँ शवहरू तटमा फ्याँकिरहेको छ।

यस्तै, लिबियामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले बुधबार एक ट्वीटमा डेनियल आँधीबाट सबैभन्दा प्रभावित शहर डेर्नामा कम्तिमा ३० हजार मानिस विस्थापित भएको जनाएको छ। डेर्ना बाहेक बेनगाजी लगायत अन्य आँधी प्रभावित क्षेत्रहरूमा ६ हजार ८५ मानिसहरू विस्थापित भएको रिपोर्टमा जनाइएको छ । आईओएमले प्रभावित क्षेत्रमा औषधि, खोज तथा उद्धार उपकरणसहित कर्मचारी पठाएको छ ।

पूर्वी लिबियाका स्वास्थ्य मन्त्री ओथमान अब्दुलजलिलले शवहरूलाई डेर्नामा सामूहिक चिहानमा गाडिएको बताए। 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ८ : ०५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम