हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द « Khabarhub

हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ । 

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको छ । आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महापबन्धक नवीनकुमार कर्णले बताए ।

उहाँले उद्योगमा अहिले पर्याप्त कोइला र चुनढ्ङ्गा जगेडामा राखिएको जानकारी दिए। अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ । 

उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएकामा फेरि प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाका अधिकृत शत्रु अर्यालले जानकी दिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १२ : ५२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु