इच्छाकामना महोत्सव सुरु « Khabarhub

इच्छाकामना महोत्सव सुरु


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि  इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो ।

बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना  गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने  विश्वास व्यक्त गरे। इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका रहेको उनको भनाइ छ ।  

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको समग्र सामाजिक आर्थिक विकासका लागि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा यी चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताए । यी चार क्षेत्रलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर आफूहरू लागिरहेका बेला यस्ता खालका महोत्सवले अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताए। 

इच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष तथा महोत्सवका संयोजक कल्याण गुभाजुले आर्थिक मन्दीले कठिन अवस्था सिर्जना भएको इच्छकामनामा आर्थिक चलायमान बनाउन महोत्सव आयोजना गरिएको  बताए । उनले यहाँ भएका  धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार गर्न पनि महोत्सव  आयोजना गरिएको  बताएका छन् ।

यही असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । त्यसका लागि महोत्सवमा दुई सय कक्ष राखिएको छ । त्यसमध्ये स्थानीय उत्पादनका १५ कक्षलाई निःशुल्क व्यवस्था गरिएको छ । करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । 

इच्छाकामना मन्दिर, बालगौरी पाथिभरा सिंहदेवी मन्दिर, मनकामना मन्दिर, जिल्लाकै सबैभन्दा अग्लो भूमि सिराइचुली, पुरानो सदरमुकाम उपर्दाङ्गढी, लामो झरनालगायतका गन्तव्य अवलोकन गर्न र त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न सकिने आयोजकले जनाएको छ । साथै महोत्सवको अवलोकन गर्नेका लागि मनकामना केबलकारको टिकटमा १५ प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ ।  

इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य सङ्घ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो, इच्छाकामना एफएम कुरिनटारको सह-आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको प्रवर्द्धक एंव संरक्षक उद्योग वाणिज्य सङ्घ चितवन र इच्छाकामना गाउँपालिका रहेको छ ।  

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  १ : ०३ बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०