महानगर प्रमुख शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा | Khabarhub Khabarhub

महानगर प्रमुख शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाई बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो ।

स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख शाहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।

गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख शाहले फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिवद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ । 

साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ । प्रमुख शाहले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । 

पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ३ : २६ बजे

भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

भोजपुर– भोजपुरमा शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले निर्माण

तनहुँ म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास

आज आठौँ विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत

खोलाले बगाउँदा एक युवक बेपत्ता

मुस्ताङ– मुस्ताङमा जङ्गलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक

सीप हस्तान्तरण नहुँदा जनै बनाउने चलन हराउँदै

नवलपरासी– नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले प्रयोग गर्ने