‘तीज पर्वलाई भड्किलो र खर्चिलो नबनाऔँ’ « Khabarhub

‘तीज पर्वलाई भड्किलो र खर्चिलो नबनाऔँ’


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दाङ– हरितालिका तीज  नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । यहाँका बजारमा विशेषगरी  कपडा,  चुरा, पोते, खाद्यान्न समान किनमेल गर्नेको बिहानैदेखि भिड लाग्ने गरेको छ । 

तुलसीपुर बजारमा फेन्सी कपडाको पसल गदै आउनु भएकी ३६ वर्षीय शारदादेवी ओलीले भनिन् ‘एक हप्ता भयो बजारमा चहलपहल बढेको अहिले किनमेलका लागि बिहानैदेखि गाउँगाउँबाट सर्वसाधारण पसलमा आउने गरेका छन् कपडा बेच्न भ्याइनभ्याइ छ ।’ 

गत वर्ष बिरामी परेकाले तीजमा रमाइलो गर्न पाइएन, यसपटक भने साथीसँग बसेर नाचगान गर्ने, शिव मन्दिरमा  पूजा गर्ने  योजना बनाएको उनको भनाइ थियो  । उनले तीजको लागि आवश्यक पर्ने कपडा, चुरा, टीका, पोते तथा खाद्यान्न सामग्री  किनिसकेकोसमेत जानकारी दिइन् । तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारीले विगतका वर्ष भन्दा यसपटक राम्रो व्यापार व्यवसाय भएको सुनाइन्। उनले भनिन्, ‘अहिले चाडपर्व नजिकिएसँगै बिहानैदेखि समान बेञ्च भ्याइनभ्याइ  छ । सामान बिक्री गर्दा तीजको रौनक झल्किने गरेको छ ।’ तीज पर्व नजिकिँदै गर्दा जिल्लाका विभिन्न सङ्घ संस्थाले दर खाने, तीज मिलन जस्ता  कार्यक्रम आयोजना गरेका छन् । 

 नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन र प्रेस चौतारीको महिला विभाग दाङले  तीज मिलन सम्पन्न गरेका छन् । ती  कार्यक्रममा बोल्ने अगुवा  पत्रकार महिलाले तीजलाई सामाजिक सद्भाव कायम राख्नेगरी मनाउन सुझाव दिएका छन् । उनीहरूको एउटै स्वर थियो, तीजलाई तडकभडक गरेर होइन सरल, सहज र सभ्य रूपले मनाउनु पर्छ । उनीहरूले पर्वका सकारात्मक पक्षलाई आत्मसाथ गदै यसलाई सामाजिक पर्वका रुपमा लिई यसको मौलिकता र सामाजिक सद्भावलाई बचाइ राख्न आवश्यक रहेको बताएका थिए । जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा जम्मा गराई भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा समावेशले  समाजमा सकारात्मक सन्देश जाने जनाउँदै उपस्थित पत्रकार महिलाले निष्कर्ष  निकालेका थिए ।

परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने चलन फरक शैलीमा रहेको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिनसक्ने भन्दै चासो व्यक्त हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ४६ वर्षीया राधा रजौरेले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताइन्। उनले भनिन्, ‘यस पर्वलाई देखासिकी र भड्किलो नभइ सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।’

तुलसीपुर उपमहानगरपालिका–५ की ४४ वर्षीय नीरा ढुङगानाले तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्छ भनिन्। उनले तीज सरल रुपमा मनाउने गरेको बताइन्। तुलसीपुर उपमहानगरपालिका–५ का महिला उद्यमी  विमला शर्माले तीज पर्व हाम्रो आफ्नै विशेषता बोकेको  मौलिक पर्व रहेकाले यसलाई सबैले हाँसीखुसीका साथ सहज तरिकाले मनाउनुपर्ने बताइन् ।

उनले तीज आउन एक हप्ता बाँकी रहँदा जनचेतनामूलक कार्यक्रम आयोजना  गरी दर खाने तथा  तीज मनाउने तरिकाको विकास भए राम्रो हुने विचार राख्छिन्। तीजको नाममा धेरै खर्च गर्ने, श्रीमानको आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिई व्रत बस्ने गरेको देखेकी छु यो गलत हो उनले भनिन्।

तुलसीपुर उपमहानगरपालिका– ६ की  ५२ वर्षीया सुशीला भट्टराईले तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै देशका विभिन्न बजार क्षेत्रमा गरिने दर खाने कार्यक्रम, कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुन खानेको मात्र पर्व त हुने होइन भन्ने चिन्ता लागेको बताइन्। 

उनले भनिन्,’परापूर्वकालदेखि चलिआएको यो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बस्ने गरेको  छु ।’ कोहलपुर निवासी ४४ वर्षीय कालिका रेग्मीले तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताइन्।  उनले भनिन् ‘तीज पर्वमा चेतनामूलक, सरसफाइ, जागरणका गीत गाउने, वृहत् सरसफाइ जस्ता कार्यक्रम गर्ने  भएमा  राम्रो हुन्छ ।  तीज पर्वका सकारात्मक पक्षलाई अनुशरण गदै हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्छ ।’ 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ४ : ५६ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि