डा. ढाकाकुमार श्रेष्ठले रास्वपाका नेताहरुमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार « Khabarhub

डा. ढाकाकुमार श्रेष्ठले रास्वपाका नेताहरुमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो : सचेतक परियार


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरुमाथि उठाएका विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक परियारले श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताए ।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रुपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे ।

रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको बताएका थिए ।

श्रेष्ठको अभिव्यक्तिपछि रास्वपाले यसअघि नै ३ करोड प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर आउन आव्हान समेत गरिसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ५ : २७ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन