चिकित्सक कुट्नेलाई कारवाही गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम « Khabarhub

चिकित्सक कुट्नेलाई कारवाही गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चिकित्सक संघले संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले घटनाका दोषीलाई कारवाही गर्न ७२ घण्टाको अल्टिमेटमसमेत दिएको छ ।

गत साउन २२ गते डेंगी रोगको लक्षण भएका एक जना बिरामी उपचारका लागि सन्चो अस्पताल हेटौँडा पुगेको र उनलाई थप उपचारका लागि २३ गते चितवनको सुविधासम्पन्न अस्पतालमा प्रेषण गरिएको भन्दै संघले श्रावण २५ गते उपचारका क्रममा बिरामीको असामयिक निधन भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पतालका कार्यरत रहेकै अवस्थामा चिकित्सकद्वय डा. थापा र बिडारीमाथि ज्यानै मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाइएको जनाएको छ ।

गम्भीर घाइते भएका चिकित्सकहरुको स्वास्थ्य अवस्थ अत्यन्तै नाजुक भएको तथा उनीहरुका परिवारजन एवं अन्य स्वास्थ्यकर्मीहरुलाई समेत बारम्बार धम्की दिई असुरक्षित एवं आतंकित वातावरण बनाएको घटनाले आफूहरु स्तब्ध भएको संघका महासचिव डा. सन्जिव तिवारीले उल्लेख गरेका छन् ।

स्थानीय सुरक्षा निकायले हालसम्म घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कानूनी दायरामा नल्याएका कारण देशभरका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु आतंकित भई मनोबल गिर्न गएको र अत्यन्त विषमपूर्ण परिस्थिति सिर्जना भएको संघले जनाएको छ ।

ज्यानै मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटीभीमा कैद भएर सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदासमेत सुरक्षा निकायले गम्भीरर्तापूर्वक नलिइ शान्ति सुरक्षा कायम गराउन नसकेको संघको आरोप छ ।

संघले नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरुलाई ज्यानै मार्ने मनशायले अस्वभाविक, अकल्पनीय र अमानवीय घटना देशभर कुनै न कुनै रुपमा निरन्तर घटिरहेकोले सुरक्षाको प्रत्याभूति हामीले गर्न नपाएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

संघले घटनामा संलग्न दोषीलाई यथासिघ्र कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ । पत्रकार सम्मेलनमा संघले ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिए संघले देशभर आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने चेतावनी समेत दिएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ५ : ५१ बजे

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा