परिस्थितिअनुसार प्रस्तुत हुन सक्नेले कहिल्यै दुःख पाउँदैन « Khabarhub

परिस्थितिअनुसार प्रस्तुत हुन सक्नेले कहिल्यै दुःख पाउँदैन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

कुनै एक जङ्गलमा एउटा सिंह थियो । केही दिनदेखि ऊ आफ्नो गुफाबाट निस्केको थिएन । उ बिरामी भएको थियो । करिब १०–१२ दिनपछि उ गुफाबाट बाहिर निस्कियो । उसलाई मानिसलाई जस्तै रुघाखोकीले सताएको रहेछ । रुघाखोकीका कारण उसले कुनै पनि वस्तुको वास्ना र स्वाद थाहा पाउन सकेको थिएन ।

एक दिन उ गुफाबाट निस्किँदा गुफाकै छेउमा एउटा खरायो देख्यो । उसले खरायोलाई आफू नजिक बोलाएर सोध्यो– ए खरायो मलाई रुघाखोकी लागेर सन्चो नभएको १०–१२ दिन भयो ! खानाको वास्ना, स्वाद केही पनि थाहा पाउँदिन, मेरो मुख पनि गनाएको जस्तो लागिरहेको छ । एकपटक सुँघि हेर् त के कसो रै’छ ?

सिंहले खरायोको नाकैमा पर्ने गरी लामो सास फाल्यो । खरायोले भन्यो– ‘सरकार हजुरले भने जस्तै हजुरको मुख त साह्रै गनाएको रै’छ ।’ खरायोले यति भन्नासाथ सिंहले खरायोलाई एक झापड हानेर भन्यो– जङ्गलको राजाको मुख गनायो भन्ने तँ !

त्यसपछि सिंहले अलि परतिर रहेको ब्वाँसोलाई सोही प्रश्न दोहोर्‍यायो । ब्वाँसोले खरायोले दिएको जवाफ सुनिरहेको थियो । मुख गनाएको छ भन्यो भने आफ्नो हालत पनि खरायोको जस्तै हुने ठानेर ब्वाँसोले भन्यो– ‘छैन सरकार, हजुरको मुख त वास्ना पो आइरहेको छ । कहाँ गनाउनु !’

सिंहले ब्वाँसोलाई पनि खरायोलाई झैँ झापड हान्दै भन्यो– झुट बोल्छस् । गनाएको मुखलाई वास्ना आइरहेको छ भनेर !

यो सबै गतिविधि अलि पर रहेको स्यालले नियाली रहेको थियो । उसलाई लाग्यो अब आफ्नो हालत पनि खरायो र ब्वाँसोको झैँ हुने भयो !

नभन्दै सिंहले स्यालतिर अगाडि बढेर सोही प्रश्न सोध्यो– खरायो र ब्वाँसोको हालत देखिरहेको स्यालले जुक्ति निकाल्दै भन्यो– ‘सरकार हजुरलाई जस्तै मलाई पनि रुघाखोकी लागेको एक साता भइसक्यो, त्यसैले मैले पनि कुनै किसिमको वास्ना र स्वाद थाहा पाउन छाडेको छैन । त्यसैले हजुरको मुख गनाएको छ वा वास्ना आएको छ केही ठम्याउन सकिनँ ।’

त्यसपछि सिंह स्याललाई केही नभनी आफ्नो गुफातिर लाग्यो । छट्टु स्याल आफ्नो जुक्ति, बुद्धिका कारण सिंहको झापड खानबाट बच्यो । त्यसैले जसले परिस्थितिअनुसार आफूलाई प्रस्तुत गर्न सक्छ त्यसले कहिल्यै दुःख र कष्ट झेल्नु पर्दैन ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ३२ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले