रेडियो नेपालका प्रमुख गीतकार रवीन्द्र शाह | Khabarhub Khabarhub

रेडियो नेपालका प्रमुख गीतकार रवीन्द्र शाह


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

गीतकार रवीन्द्र शाह रेडियो नेपाल स्थापना भएपछिको अघिल्लो पत्तिका केही गीतकारमध्ये प्रमुख गीतकारको रुपमा परिचित छन्। गीतकार मबीबी शाह, किरण खरेल राम मान तृषित, रत्न शमशेर थापा, रमेश धितालको लहमा रवीन्द्र शाहको नाम पनि दर्ता हुन्छ।

रवीन्द्र शाहका गीतहरू नातिकाजीको संगीतमा नातिकाजी स्वयम्ले पनि गीत गाएका छन्। रवीन्द्र शाहका गीतहरू शिवशंकरले आफ्नै संगीतमा पनि गाएका छन्। रवीन्द्र शाह नेपाली गीति आकाशमा मबीबी शाह जस्तै सुकोमल शब्द गाउँका बोलीचाली परक भाषामा गीत लेख्नसक्ने एक कुशल गीतकारका रूपमा परिचित छन्।

वीरगन्जका प्रसिद्ध गायक बिके शाहीले ज्ञानबहादुर श्रेष्ठको संगीतमा गएको ‘माया गयो झन् परपर नौ डाँडा काटेर..’ रवीन्द्र शाहको शब्दमा रेकर्ड भएपछि बिके शाहीलाई चिनाउने एक प्रमुख गीत बनेको थियो।

यद्यपि बिके शाही, भीम बिरागको शब्द र सङ्गीतमा गीत गाउने गायक हुन् भने उनलाई धेरै मात्रामा चिनाउने गीत चाहिँ रवीन्द्र शाहको शब्द र ज्ञानबहादुर श्रेष्ठको सङ्गीतमा तयार भएको यही गीत बन्यो।

रेडियो नेपालमा अत्यन्त कम गीत गाएर ख्याति कमाएकी गायिका गौरी केसीले ‘रानी तलाउ किनारा’ एक प्रमुख गीतका रूपमा परिचित छन्। रवीन्द्र शाह गौरी केसी र सङ्गीतकार नातिकाजी श्रेष्ठलाई चिनाउने गीतकार हुन्। अहिले पनि गौरी केशीका केही गीत भन्ने बित्तिकै चार गीतमध्ये ‘रानी तलाउ किनारा’ नै बढी सम्झिने गरिन्छ।

गौरी केसीले बच्चु कैलाशसँग युगल गीत गाएकी छन्। त्यसैगरी भजनमा ‘प्रभातमा शंख बज्यो’ तर गौरी केसीकै स्वरमा सुन्न सकिन्छ। गौरी केसी भन्ने बित्तिकै एक्कासी याद आउने गीत नै रानी तलाउ किनारा हो। यसमा रवीन्द्र शाहले प्रयोग गरेका गीतहरू उर्दुबाट प्रभावित छन्। केही गीतहरूमा उर्दु शब्द नै भित्र्र्याएका छन्। जस्तो बगैँचालाई त्यहाँ चमनको रूपमा प्रयोग गरिएको छ। तर पनि गीतमा नेपाली पनको झल्को कहाँ छ भने सम्बन्धको कुरामा प्रतीकहरूको कुरामा र ठाउँहरूको कुरामा रवीन्द्र शाह अलिकति गाउँको नजिक देखिन्छन्।

रवीन्द्र शाहका अधिकांश गीतहरू सरल शब्दमा तर गहन अनुभूतिमा लेखिएका हुन्छन्। हुतराज शर्माको सङ्गीतमा प्रेमध्वज प्रधानले गाएको गीत ‘यो मौसम उदास उदास छ’ पनि निकै लोकप्रिय गीत मानिन्छ।

सङ्गीतमा लागेका वा विशेष गायनमा लागेकाहरूले यो गीतको सङ्गीतको प्रबल पक्षलाई चर्चा गर्ने गर्छन्। तर शब्दको बयान अलग्गै छ। रवीन्द्र शाह त्यस अर्थमा महत्त्वपूर्ण गीतकारका रूपमा चिनिन्छन्।

रवीन्द्र शाहका गीतहरू विशेष गरेर गायकहरूमा पीएल श्रेष्ठ, शिवशङ्कर, प्रेम ध्वज प्रधान, तारादेवी र पछिल्लो पुस्ताका गायकहरूले पनि गाएका छन्। तर अघिल्लो र पछिल्लो पुस्ताका बिचमा रुवी जोशीले गाएका गीत रवीन्द्र शाहका लोकप्रिय गीतमा पर्छन्।

रवीन्द्र साहको अध्ययन काठमाडौंको जुद्धोदय पब्लिक हाई स्कुलमा भयो। उक्त स्कुलमा उनी कवि जनार्दन जोशी अनि गायक सङ्गीतकार नारायण गोपालका सहपाठी थिए।

नारायण गोपालले पनि आफ्नो जीवनकालमा वा गायनको चर्चामा रहेको बेला राजपरिवारका व्यक्तिहरूको गीत गाउनु भएको थिएन। तर त्यो बेला रवीन्द्र शाहको शब्दको गीत नारायण गोपालले गाउनुभयो।

‘श्रद्धाको फूल चढाइदिनु आएर लासमा’ गोपाल योञ्जनको सङ्गीतमा नारायण गोपालले गाएको यो गीत नारायण गोपालको निधन हुँदा उनको शव यात्राको तयारीका बेला २०४७ मङ्सिर २० गते सर्वाधिक बजेको मानिन्छ। यो गीत प्रज्ञा भवन कमलादीदेखि पशुपतिको आर्यघाटसम्म एक नाशसँग गुन्जिरहेको थियो। यो रवीन्द्र साहको शब्द, गोपाल योञ्जनको सङ्गीतमा नारायण गोपालले गाएको एउटै मात्र गीत हो।

रवीन्द्र शाह कुनै कुनै गीतहरूमा जसरी राममान जस्तै सरल शब्दलाई गजल परम्परालाई अलिकति पछ्याउँदै गीत लेख्ने गीतकारका रूपमा पनि चिनिन्छन्।

‘सानी जिस्काउनी बानी नगर’ जस्ता गीतहरू वा पीएल श्रेष्ठले गाएका ’ढल्की ढल्की नहिँड नानी म त छु है साहै नै बेमानी’ सरल शब्दका केही आलोचनाबाट मुक्त भएका गीतहरूमा पाइन्छ।

रवीन्द्र शाहका पिता मबीबी शाह पनि गीतकारका रूपमा चिनिन्छन् भने भाइ जी शाह पनि गीतकारका रूपमा चिनिन्छन्। बुहारी चाँदनी शाह पनि गीतकारको रुपमा चिनिन्छिन्। तर शाहलाई धेरैले धेरै पछि मात्र राजदरबारसँग निकट रहेको व्यक्ति वा तत्कालीन राजाका छोरा भनेर चिने।

तर गीतकार रवीन्द्र शाहले गीत सङ्गीतमा पुर्याएको योगदान र कलाकार गायक गायिकालाई उनले गर्ने सहयोग सधैँ स्मरणीय रह्यो। रवीन्द्र साहको गीतहरूमा नाति काजीले गाएको ‘आउँ भने गाउँ छ टाढा’ जस्ता गीतहरू साह्रै नै यादगार छन्। ’मिरमिरे बिहानीमा’ पनि उनको लोकप्रिय गीत हो। अर्को ‘कुखुरा बास्यो बिहानी हाँस्यो’ त्यो पनि निकै रोचक गीत हो। यस गीतलाई नाति काजीले बाहेक रुवी जोशीले पनि गाएका छन्।

रवीन्द्र शाहका समकालीन गीतकारहरू एक आपसमा प्रतिस्पर्धाको मैदानमा त थिए नै तर सबैले एकै खालको गीत नलेखे पनि सबैले प्रतिस्पर्धा गरिरहेका थिए। जस्तै रवीन्द्र शाहका समकालीन गीतकार युधीर शमसेर थापा राममान तृषित रमेश धिताल यी नै गीतकारहरूको आपसमा एक किसिमका शब्दको कारोबार लेखन शैलीको विशेषता पाइन्छ।

रवीन्द्र साहको गीतकारितासँगै उनको गीतकारिताको बारेमा साहित्यकार भीम खरेलले गरेको अध्ययन र अनुसन्धानमा रवीन्द्र शाह गीतहरूमा प्रेम र प्रणयका बारेमा पनि लेखेको पाइन्छ।। तर सबै भन्दा रोचक र रमाइलो के रह्यो भने रवीन्द्र साहको भिजेका परेला नामका गीत संग्रह प्रकाशन गर्दा गीतकार रवीन्द्र शाहले सो पुस्तकको भूमिका आफ्नै पिता मबीबी शाहबाट लेखाउने इच्छा गरेपछि त्यो पुस्तक प्रकाशन गर्न ढिला भएको कुरा त्यो बेलाका जानकारहरू बताउने गर्दछन्।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन भएको सो पुस्तकमा कुलपतिका हैसियतले रवीन्द्र शाहका पिता मबीबी शाहले भूमिका लेखेको छन्। यस अर्थमा यो एउटा महत्त्वपूर्ण कृति पनि हो।

तर त्यो समय जुन बेला रेडियो नेपालमा गीत लेख्ने साहित्यकारहरू कम थिए। वा साहित्यकार गीतलाई त्यति साहित्य मान्दैनथे। त्यो समयमा राज परिवारका सदस्यले अनि साहित्यमा रहेका सक्रिय सर्जक लेखक कविहरूले गीत लेखिदिएर नेपाली गीति साहित्यलाई धनधान्य बनाएका छन्। त्यसमध्ये रवीन्द्र शाह पनि महत्त्वपूर्ण पात्र हुन्। रवीन्द्र शाहप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ४३ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता