कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त, एमालेको समर्थन « Khabarhub

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त, एमालेको समर्थन


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीको पक्षमा कांग्रेसको शेखर कोइराला पक्षका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना प्रदेश सांसदले सनाखत गरेपछि खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुख खापुङले बिहान ८ देखि दिउँसो २ बजेसम्मको समय दिएका थिए । तर कोशीको मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्रका इन्द्र आङ्बो पक्षका सांसदहरू हस्ताक्षर सनाखत प्रक्रियामा सामेल भएका छैनन् ।

बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।  ९३ सदस्यीय कोसी प्रदेशमा बहुमतका लागि  ४७ सदस्य आवश्यक पर्दछ ।

कोशीमा आज बनेको सरकार संविधानको धारा १६८ (५) अनुसारको हो। यो सरकारले पनि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनु पर्दछ । विश्वासको मत प्राप्त नभए मध्यावधि निर्वाचन हुनेछ । 

मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : ०८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता