कमल थापाले राष्ट्रपतिलाई भने– ‘साझा हुन सक्नुभएन, राजीनामा दिनुहोस्’  « Khabarhub

कमल थापाले राष्ट्रपतिलाई भने– ‘साझा हुन सक्नुभएन, राजीनामा दिनुहोस्’ 


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कोसी प्रदेश सरकार गठनमा पक्षधरता देखाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कोसी सरकार गठनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षका केदार कार्कीले उम्मेदवारी दिएपछि त्यसलाई रोक्नका लागि राष्ट्रपति पौडेलले गरेको फोन संवादले राष्ट्रपति साझा नदेखिएको टिप्पणी गरेका हुन् ।

थापाले राष्ट्रपतिबाट प्रदेश सरकारका विषयमा एक पक्षको समर्थन गर्नुले राष्ट्रपति पार्टी राजनीतिमा संलग्न देखिएको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले भनेका छन्– ‘कोसी प्रदेशमा मुख्यमन्त्री छान्ने प्रक्रियामा गठबन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ। पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन। तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : ३३ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२