समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने ओलीको अठोट « Khabarhub

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने ओलीको अठोट


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन् । 

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औँ स्थायी कमिटी तथा एसिया–युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरु साँघुरो समूह–सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताएका हुन् ।

‘असहिष्णुताले अन्याय जन्माउँछ । सम्पूर्ण मानवलाई नै अन्याय, द्वन्द्व र कठोरतातर्फ उद्वेलित गराउँछ । त्यसैले हामी राजनीतिक स्थायित्व हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नुको विकल्प छैन’, अध्यक्ष ओलीले भने, ‘प्रकृति र वातावरण संरक्षण गर्दै साझा र दिगो उन्नति हासिल गर्न सबै राजनीतिक दललाई आग्रह गर्दछु ।’

अध्यक्षले ओलीले हरेक नागरिकका लागि समान अवसर, न्यायमा पहुँच सुनिश्चित गर्ने सपनालाई कार्यरूप प्रदान गर्न राजनीतिक दलहरू मुख्य साधन हुने भएकाले राजनीतिक दलको भूमिकालाई कमजोर ठान्न नहुने विचार व्यक्त गरे ।
।
भोलि सम्पन्न हुने उक्त बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा  छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष  एवं आइक्यापका स्थायी कमिटी सदस्य राजन भट्टराईले बताए । 

बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डस्लगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० जनाभन्दा बढीको सहभागिता छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ३ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र